साउदी छाड्दै नेयमार ?

काठमाडौं । ब्राजिलियन स्टार नेयमारले साउदी प्रो क्लब अल हिलालसँगको सम्झौता रद्ध गरेका छन् । क्लब र खेलाडीबीच सोमबार राति आपसी समझदारीमा सम्झौता रद्ध गरिएको जनाइएको छ । ब्राजिलका सर्वाधिक गोलकर्तासमेत रहेका ३२ वर्षीय नेयमार घुँडाको समस्या कारण अक्टोबर २०२३ देखि लगातार मैदानबाट बाहिर छन् । ‘क्लब र खेलाडीबीचको आपसी समझदारीमा सम्झौता रद्ध गरिएको छ,’ क्लबले जारी गरेको विज्ञप्तीमा भनिएको छ । दुई वर्ष अल हिलाल रहँदा नेयमारले मात्र सात खेले खेलेका छन् । उनी पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट ९० मिलियन युरोमा साउदी अरेबिया पुगेका थिए । उनले ब्राजिलबाट ७९…

आशिका तामाङ १० हजार धरौटीमा रिहा

अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङ १० हजार धरौटीमा रिहा भएकी छिन्। उनलाई १० हजार धरौटीमा छाड्ने निर्णय गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। आशिकालाई धरौटी बुझाएपछि फेरि पक्राउ गर्ने प्रहरीको तयारी छ । उनीविरुद्ध भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा दर्ता भएको छ ।  

संघीय संसदको हिउँदे अधिवेशनको तयारीमा जुटे सभामुख र दलहरू

यही माघ १८ गतेदेखि आह्वान भएको संघीय संसदको हिउँदे अधिवेशनको तयारीमा सभामुख र दलहरू जुटेका छन्। आगामी संसद् अधिवेशनलाई प्रभावकारी बनाउन सभामुख र दल आ–आफ्नै किसिमले तयारीमा जुटेका हुन्। यस क्रममा सभामुख देवराज घिमिरेले आइतबार सत्तापक्षका ठुला दलका प्रमुख सचेतकसँग छलफल गरेका छन्। सभामुख घिमिरेले काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई आफ्नो कार्यकक्षमा बोलाएर छलफल गर्नुभएको हो । राष्ट्रियसभाबाट पास भई प्रतिनिधिसभामा पुगेका विधेयकबारे सत्तापक्षको धारणा बुझ्न सभामुखले छलफल गरेको बताइएको छ। विशेष गरी संवैधानिक परिषद् सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकबारे सभामुख घिमिरेले प्रमुख सचेतकहरूको…

जापानमा बर्ड फ्लु संक्रमण वृद्धि, ५० लाख कुखुरा मरे,

९ माघ, टोकियो । जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ । उक्त प्रकोपले गर्दा यस महिना झण्डै ५० लाख कुखुरा र अन्य चराहरूको मृत्यु भएको छ । कृषि तथा वन मन्त्रालयले यस हप्ता मोरियोका शहरका दुई कुखुरा फार्महरूमा नयाँ प्रकोपको पुष्टि गरेको छ । साथै, यस महिना २६ प्रकोप साइटहरू पहिचान गरिएको छ, जसमा करिब ५० लाख चराहरू प्रभावित छन् । मन्त्रालयले उक्त प्रकोपले गर्दा अण्डाको मूल्यमा पनि प्रभाव परेको उल्लेख गरेको छ, जुन वर्षको सुरुदेखि नै १५ प्रतिशतले बढेको छ । केही उद्योग पर्यवेक्षकहरूले सम्भावित आपूर्ति अभावको बारेमा…

हङकङमा भइरहेको एक सय किलोमिटर अल्ट्रा म्याराथनको उपाधि जुम्लाकी सुनमाया बुढालाई

हङकङमा भइरहेको एक सय किलोमिटर अल्ट्रा म्याराथनको उपाधि जुम्लाकी सुनमाया बुढाले जित्नु भएको छ । सुनमायाले एक सय किलोमिटर दुरीको म्याराथन ११ घण्टा ११ मिनेट ४७ सेकेण्डमा पूरा गर्नुभयो । उहाले स्लोभाकीयाकी भेरोनिका लेङलाई १४ मिनेट २५ सेकेण्डको अन्तरले जित्दै प्रथम स्थान हासिल गर्नुभयो । भेरोनिका ११ घण्टा २५ मिनेट २२ सेकेण्डका निर्धारित दुरी पार गर्दै दोस्रो भइन् । भियतनामकी हा थी हाउ १२ घण्टा ९ मिनेट ३७ सेकेण्डमा एक सय किलोमिटर दुरी पार गर्दै तेस्रो भइन् । एक सय किलोमिटर जस्तो चुनौतीपूर्ण दौडमा सुनमायाले देखाएको प्रदर्शन सबैका लागि प्रेरणादायी…

योगा गुरु बाबा रामदेव र उनको सहयोगी आचार्य बालकृष्णविरुद्ध जमानती पक्राउ पुर्जी जारी

योगा गुरु बाबा रामदेव र उनको सहयोगी आचार्य बालकृष्णविरुद्ध जमानती पक्राउ पुर्जी जारी भएको छ । पतञ्जली आयुर्वेदको स्वास्थ्य सेवा उत्पादनहरूमा भ्रामक विज्ञापनहरू गरेको आरोपमा  केरला औषधि नियामकहरूले दायर गरेको उजुरीको आधारमा केरलाको एक अदालतले उनीहरुविरुद्ध जमानती पक्राउ पुर्जी जारी गरेको हो। बिहीबार पलक्कड जिल्ला अदालतले उनीहरुविरुद्ध  जमानती पक्राउ पुर्जी जारी गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। केरलाका ओप्थामोलोजिस्ट केभी बाबुले सन् २०२३ को नोभेम्बर उनीहरुविरुद्ध उजुरी दर्ता गरेका थिए । त्यसपछि केरलाको औषधि नियन्त्रण विभागले राज्यका अधिकारीहरूलाई पतञ्जलिविरुद्ध कानुनी कारबाही सुरु गर्न निर्देशन दिएको थियो । कम्पनीमाथि ड्रग एन्ड…