आज बिहान अछाममा भूकम्प गएको छ। बिहान ६:३० बजेको समयमा अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।
केन्द्रका अनुसार भूकम्प ४.३ म्याग्निच्युडको गएको हो । भूकम्पले अछामका साथै आसपासका जिल्लामा पनि धक्का महसुस भएको थियो।
