धादिङको नीलकण्ठ नगरपालिका भित्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण कार्य सम्पन्न भएको छ ।
बुधबार सम्ममा नीलकण्ठ नगरपालिका भित्रका १३ वटा विद्यालयका २ हजार ७० जना विद्यार्थीहरुलाई झोला, स्टेशनरी, विद्यालय पोषाक तथा सरसफाई सामाग्री वितरण गर्दै उक्त शैक्षिक सामग्री कार्यक्रम सम्पन्न गरिएको हो ।
नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख दिपक विश्वकर्माको विशेष पहलमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य विष्णु पुकार श्रेष्ठको साझेदार समन्वयमा गत आईतबार देखि नगरपालिकाको विभिन्न वडामा रहेको विद्यालयहरुमा गरिएको शैक्षिक सामाग्री वितरण कार्य बुधबार सम्पन्न भएको हो ।

आईतबारदेखि मंगलबार सम्ममा नगरपालिका भित्रका १० वटा विद्यालय रामकोट माध्यमिक विद्यालय वडा नम्बर ८,चण्डेश्वरी माध्यमिक विद्यालय वडा नम्बर ९, स्थानपति आधारभुत विद्यालय वडा नम्बर १०, शंखदेवी माध्यमिक विद्यालय वडा नम्बर ११,वडा नम्बर ७ मा रहेको कर्णेश्वर माध्यमिक विद्यालय, वडा नम्बर ४ स्थित रहेको गैरी गाउँ माध्यमिक विद्यालय,सुनकन्या आधारभूत विद्यालय वडा नम्बर ७, नीलकण्ठ १२को साङ्कोष माध्यमिक विद्यालय, नीलकण्ठ १४ का सरस्वती माध्यमिक विद्यालय, र नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थितका महेन्द्र माध्यमिक विद्यालयका १ हजार ६ सय २५ जना विद्यार्थीहरुलाई झोला, स्टेशनरी, विद्यालय पोषाक तथा सरसफाई सामाग्री वितरण गरिएको थियो ।
बुधबार नीलकण्ठ नगरपालिका वडा नम्बर १ मा रहेको प्रकाश माध्यमिक विद्यालयका एक सय १५ जना, वडा नम्बर ५मा रहेको पञ्चकन्य माध्यमिक विद्यालयमा एक सय ४१ जना, वडा नम्बर ६ मा रहेको भैरवी माध्यमिक विद्यालयका एक सय ८९ जना विद्यार्थीहरुलाई सामग्री वितरण गरेर उक्त कार्यक्रम सम्पन्न गरिएको नगर उपप्रमुख दिपक विश्वकर्माले जानकारी दिनुभयो ।

Global co–opretion for development, China foundation for rural development र नीलकण्ठ नगरपालिकाको संयुक्त प्रयासमा ४३ लाख १४ हजार ९ सय ४१ मूल्य बराबरको शैक्षिक सामग्री वितरण गरिएको हो ।
शिक्षामा सुधार तथा शैक्षिक गुणस्तरियता कायम गर्नका लागि नगरपालिकाका सबै वडाका विद्यालयहरुमा आवश्यक पहलका साथ उक्त शैक्षिक सामग्री वितरण गरिएको नगर उपप्रमुख विश्वकर्माले बताउनुभयो ।

शैक्षिक सुधार संगै सामाजिक न्याय, सूशासन, महिला सशक्तिकरण, ज्येष्ठ नागरिकलाई सम्मान घरमै बृद्धभत्ता, सहकारी सञ्चालन तालिम, सीममूलक क्षमता अभिबृद्धि तालिम, सञ्चार क्षेत्रलाई प्रबर्द्धन पर्यटकीय क्षेत्रको पहिचान र बिकास धार्मिक सास्कृतिक क्षेत्रको संरक्षण संबर्द्धन, स्वास्थ्य क्षेत्रमा सुधार नगरको सेवा प्रवाहमा सबै नागरिकको पहुँच विस्तार लगायतका कार्यक्रम तथा अभियानहरु नीलकण्ठ नगरपालिका धादिङले सञ्चालन गरिरहेको छ ।
