धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ मा रहेको कर्णेश्वर माध्यामिक विद्यालयमा निर्माण भएको छात्रावास भवनको उद्दघाटन गरिएएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि प्रदेश सरकार र नीलण्कठ नगरपालिकाको आर्थिक सहयोगमा नीलकण्ठ नगरपालिका वडा नम्बर ७ मा निमार्ण भएको उक्त छात्रावासको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुङगानाले उद्दघाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहँदै नगरप्रमुख ढुङगानाले विद्यालयलाई अझै गुणस्तरीय बनाउन शिक्षकहरुको मात्र नभई अभिभावकहरुको पनि उत्तिकै जिम्मेवारी रहेको बताउनुभयो । भवन निर्माण गरेर मात्र नभई शिक्षामा ७० प्रतिशत सुधार ल्याएमा नगरपालिकाले विद्यालयलाई आवश्यक सहयोग गर्ने पनि बताउनुभयो । त्यस्तै…
Day: March 12, 2025
आईतबार देखि नगरपालिकाको विभिन्न विद्यालयहरुमा गरिएको शैक्षिक सामाग्री वितरण कार्य बुधबार सम्पन्न
धादिङको नीलकण्ठ नगरपालिका भित्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण कार्य सम्पन्न भएको छ । बुधबार सम्ममा नीलकण्ठ नगरपालिका भित्रका १३ वटा विद्यालयका २ हजार ७० जना विद्यार्थीहरुलाई झोला, स्टेशनरी, विद्यालय पोषाक तथा सरसफाई सामाग्री वितरण गर्दै उक्त शैक्षिक सामग्री कार्यक्रम सम्पन्न गरिएको हो । नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख दिपक विश्वकर्माको विशेष पहलमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य विष्णु पुकार श्रेष्ठको साझेदार समन्वयमा गत आईतबार देखि नगरपालिकाको विभिन्न वडामा रहेको विद्यालयहरुमा गरिएको शैक्षिक सामाग्री वितरण कार्य बुधबार सम्पन्न भएको हो । आईतबारदेखि मंगलबार सम्ममा नगरपालिका भित्रका १० वटा विद्यालय रामकोट…
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिदै गर्दा अखिल (क्रान्तिकारी) र अनेरास्ववियु विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति निकाल्यो
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिदै गर्दा अखिल (क्रान्तिकारी) र अनेरास्ववियु विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति निकालेको छ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा आशन्न चैत ५ गते हुने स्ववियु चुनावमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र एमाले निकट अनेरास्ववियुले गठबनधन गरे संगै बुधबार संयुक्त विज्ञप्ति निकालेको हो । अखिल (क्रान्तिकारी) र अनेरास्ववियु निलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटिका अध्यक्षहरु संगीत तामाङ (अखिल (क्रान्तिकारी)) र सम्झना शाक्य (अनेरास्ववियु)ले संयुक्त रुपमा हस्ताक्षर गरेर विज्ञप्ति निकालेको हो । नीलकण्ठ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लोकतान्त्रिक, स्वच्छ र मर्यादित रूपमा सम्पन्न गराउने…
देशका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने…
