राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य हरि ढकालले गठबन्धन सरकारको नीति र कार्यशैलीप्रति कटाक्ष गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत संक्षिप्त व्यंग्य गर्दै उनले सरकारको निषेधमुखी राजनीति असफल हुँदै गएको आशय व्यक्त गरे।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक विधि र संवैधानिक प्रक्रियाबाट अघि बढे पनि सरकारद्वारा प्रतिशोधपूर्वक निषेध गर्न खोजिएको सन्दर्भ उल्लेख गर्दै भने “यही व्यवस्थाको संवैधानिक र लोकतान्त्रिक विधान र विधि सम्मत आएका हामीहरूलाई प्रतिशोध साधेर निषेध गर्न खोज्नेहरूको हिजो आज निद हराम भएको हेर्न मलाई चाहिँ मज्जा आएको छ !”
ढकालले पछिल्लो समय राजावादी आन्दोलन चर्कँदै गएको सन्दर्भ उल्लेख गर्दै निषेध गर्ने तत्वहरू नै संकटमा परेको टिप्पणी गरे।
