राजतन्त्र पुनःस्थापना असम्भव : दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिनुभएको छ। उहाँले राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको स्पष्ट पार्नु भयो। आज बिहान रौतहट गरूडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको उत्तर दिँदै अध्यक्ष दाहालले भन्नुभयो, ‘इतिहासको चर्खा कहिले पनि फर्कँदैन, यदी उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ।’ अर्को प्रसङ्गमा अध्यक्ष दाहालले गरूडामा रहेको श्रीराम सुगर मिल सञ्चालनको लागि सक्दो पहल गर्ने बताउनु भयो। यस मिलसँग रोजगारी, आर्थिक विकास समेत जोडिएको हुँदा श्रीराम सुगर मिल…

माओवादीको हुलाकी राजमार्ग केन्द्रित तराई/मधेश जागरण अभियान स्थगित

राजावादीहरुको सक्रियता बढेपछि माओवादीको हुलाकी राजमार्ग केन्द्रित तराई/मधेश जागरण अभियान स्थगित भएको छ । झापाको कचनकबलबाट फागुन १२ देखि शुरू भएको जागरण अभियान रौतहटबाट बाराको सिम्रौनगढ नगरपालिका प्रवेश गर्ने कार्यक्रम थियो । तर सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध गतिविधि गरेर अराजकता मच्चाउन खोजेको देखिएपछि त्यसको प्रतिवाद गर्न अभियान स्थगित गरेको माओवादीका नेताहरुले बताएका छन् । 

प्रतिनिधिसभा सदस्य हरि ढकालले गठबन्धन सरकारको नीति र कार्यशैलीप्रति कटाक्ष गरे

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य हरि ढकालले गठबन्धन सरकारको नीति र कार्यशैलीप्रति कटाक्ष गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत संक्षिप्त व्यंग्य गर्दै उनले सरकारको निषेधमुखी राजनीति असफल हुँदै गएको आशय व्यक्त गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक विधि र संवैधानिक प्रक्रियाबाट अघि बढे पनि सरकारद्वारा प्रतिशोधपूर्वक निषेध गर्न खोजिएको सन्दर्भ उल्लेख गर्दै भने “यही व्यवस्थाको संवैधानिक र लोकतान्त्रिक विधान र विधि सम्मत आएका हामीहरूलाई प्रतिशोध साधेर निषेध गर्न खोज्नेहरूको हिजो आज निद हराम भएको हेर्न मलाई चाहिँ मज्जा आएको छ !” ढकालले पछिल्लो समय राजावादी आन्दोलन चर्कँदै गएको सन्दर्भ उल्लेख गर्दै…