बागमती नदी मा डुबेर एकको मृत्यु

धादिङ, चैत्र-२७

रौतहटको वृन्दावन नगरपालिका–१ स्थित बलेरीको बागमती खोलामा डुबेर एक युवकको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय गरुडाका अनुसार वृन्दावन नगरपालिका- १ बस्ने तमाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजाको मृत्यु भएको हो।

बागमती खोलाको उत्खननपछि बनेको खाडलमा जमेको पानीमा डुबेर मङ्गलवार दिउँसो उनको ज्यान गएको बताइएको छ । खाडलको औसत गहिराई पाँचदेखि ६ फिट मात्र रहेको देखिन्छ।

घटनापछि मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related posts

Leave a Comment