नेपाल शिक्षक महासंघ सरकारसंग वार्ताको लागि तयार

नेपाल शिक्षक महासंघ सरकारसंग वार्तामा सहभागी हुन तयार भएको छ । सरकारले पठाएको वार्ता प्रस्तावपछि महासंघ बिहीबारको बैठकमा सहभागी हुने भएको हो । महासंघका एक पदाधिकारीका अनुसार वार्ता समिति गठन गर्ने, सहभागी हुने व्यक्तिको टुंगो लगाउनेलगायत विषयमा रणनीति बनाउन आन्तरिक बैठक जारी छ । आन्दोलन परिचालन समितिका संयोजक तथा महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले अहिले महासंघ गम्भीर छलफलमा रहेको जानकारी दिनुभयो । शिक्षा मन्त्रालयका एक अधिकारीले पनि शिक्षक महासंघले बिहीबार वार्तामा बस्ने जानकारी दिएको पुष्टि गरेका छन्। महासंघले चैत २० गतेदेखि काठमाडौंमा शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चरणबद्ध आन्दोलन गर्दै आएको…

जीवनको रक्षा सुनिश्चित भए २४ घण्टाभित्र उपस्थित हुन्छु- प्रसाई

धादिङ , चैत्र-२७ फरार रहेका दुर्गा प्रसाईंले आफ्नो जीवनको रक्षाको सुनिश्चित भए २४ घण्टाभित्र प्रहरी समक्ष उपस्थित हुने बताउनु भएको छ । बुधबार सामाजिक सञ्जाल फेसबुक लाइभमा प्रसाईंले आफ्नो जीवनको रक्षाको सुनिश्चित भए २४ घण्टाभित्र प्रहरी समक्ष उपस्थित हुने बताउनु भएको हो ।  उहाले भन्नु भएको छ , ‘मेरा वकिलहरू धुव्रलाल श्रेष्ठ, स्वागत नेपाल, टंक दुलाल, सुशील पन्त, डा सुरेन्द्र भण्डारी, रमन श्रेष्ठ, डा भिमार्जुन आचार्य र मानव अधिकारको रोहबरमा हो भने म भोली २४ घण्टाभित्र पुलिस प्रशासनमा उपस्थित हुन्छु। मलाई खोज्नु पर्दैन। भारत भागेको भनिएको छ। म कतै भागेको…

नीलकण्ठ नगरपालिका वडा नम्बर ४ र ७ मा दलित सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न

धादिङ चैत्र-२७ नीलकण्ठ नगरपालिका वडा नम्बर ४ र ७ मा दलित सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठ, वडा नम्बर ७ का कार्यवाहक वडा अध्यक्ष युवराज पोखरेल वडा नम्बर ९ को वडा अध्यक्ष राजन बराईली र सामाजिक बिकास समिती संयोजक एवम् वडा नम्बर ६ को महिला वडा सदस्य मञ्जु मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि विश्वकर्माले दलितले आफ्नो अधिकार र कानुनमा लेखिएको कुराको जानकारी…

बागमती नदी मा डुबेर एकको मृत्यु

धादिङ, चैत्र-२७ रौतहटको वृन्दावन नगरपालिका–१ स्थित बलेरीको बागमती खोलामा डुबेर एक युवकको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय गरुडाका अनुसार वृन्दावन नगरपालिका- १ बस्ने तमाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजाको मृत्यु भएको हो। बागमती खोलाको उत्खननपछि बनेको खाडलमा जमेको पानीमा डुबेर मङ्गलवार दिउँसो उनको ज्यान गएको बताइएको छ । खाडलको औसत गहिराई पाँचदेखि ६ फिट मात्र रहेको देखिन्छ। घटनापछि मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।