दलितको घर भत्काएका तीनजना विरुद्ध जाहेरी

धादिङ चैत्र ९
सिराहाको औरही गाउँपालिका– ५ मा विष्णु महायज्ञको नाममा दलितको घर भत्काएका तीनजना विरुद्ध जातीय विभेद तथा छुवाछुत कसुरमा जाहेरी परेको छ ।

पीडित दीपक मरिक (डोम) ले गाउँपालिका अध्यक्ष शिवजी यादवसहित तीनजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सिराहामा जाहेरी दिएका हुन् ।

पालिका अध्यक्ष यादवसहित वडा नम्बर ५ का पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाविरुद्ध जाहेरी परेको हो । जाहेरी परेको र कारबाही प्रक्रिया अघि बढाएको सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले जानकारी दिनुभयो ।

“जाहेरी परेको छ । जाहेरी अनुसार कारबाही प्रक्रिया अघि बढाएका छौं,” एसपी पण्डितले भन्नुभयो ।

जाहेरी दिन दीपक मरिक दोमसहित दलित अगुवाहरू जिल्ला प्रहरी कार्यालय सिराहा पुगेका थिए । बाबा बजरंगीले भनेअनुसार गत फागुन १० गते पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलिप यादवले दीपक मरिक डोम परिवारको घर भत्काएका थिए ।

Related posts

Leave a Comment