दलितको घर भत्काएका तीनजना विरुद्ध जाहेरी

धादिङ चैत्र ९सिराहाको औरही गाउँपालिका– ५ मा विष्णु महायज्ञको नाममा दलितको घर भत्काएका तीनजना विरुद्ध जातीय विभेद तथा छुवाछुत कसुरमा जाहेरी परेको छ । पीडित दीपक मरिक (डोम) ले गाउँपालिका अध्यक्ष शिवजी यादवसहित तीनजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सिराहामा जाहेरी दिएका हुन् । पालिका अध्यक्ष यादवसहित वडा नम्बर ५ का पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाविरुद्ध जाहेरी परेको हो । जाहेरी परेको र कारबाही प्रक्रिया अघि बढाएको सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले जानकारी दिनुभयो । “जाहेरी परेको छ । जाहेरी अनुसार कारबाही प्रक्रिया अघि बढाएका छौं,” एसपी पण्डितले भन्नुभयो ।…

आईपीएल को १८औं संस्करण आजदेखि सुरु हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करण आजदेखि सुरु हुँदैछ। उद्घाटन खेल गत वर्षको विजेता कोलकाता नाइट राइडर्स (केकेआर) र रॉयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) बीच कोलकातास्थित इडन गार्डेन्स रंगशालामा हुनेछ। खेल नेपालसमय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। आईपीएलको इतिहासमा हेड टु हेड रेकर्ड हेर्दा कोलकाता आरसीबीमाथि हावी देखिन्छ। दुवैबीच अहिलेसम्म ३५ खेल हुँदा २१ खेलमा कोलकाताले जित निकालेको छ भने आरसीबीले १४ खेल मात्र आफ्नो पक्षमा पारेको छ। इडन गार्डेन्समै दुवै टोली १२ पटक आमनेसामने हुँदा केकेआरले ८ पटक जित्दा आरसीबीले ४ पटक मात्र जित्न सफल भएको छ।