धादिङको थाक्रेमा दुई बस ठोक्किँदा २ जनाको मृत्यु

धादिङ २५ माघ

धादिङको थाक्रे गाउँपालिका स्थित पृथ्वी राजमार्गको १० किला नजिक दुई वटा बस एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ।

दाङबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश नं. ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट रसुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२०८ नम्बरको बस आपसमा ठोक्किएर सडक छेउमा रहेको एक घरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ठोक्किएको घरभित्र रहेका एक जना गम्भीर घाइते भएका छन्। घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापछि केही समय पृथ्वी राजमार्गमा यातायात आवागमन अवरुद्ध भएको थियो भने प्रहरीले सवारी साधन हटाई सडक खुलाउने काम गरिरहेको जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

Related posts

Leave a Comment