धादिङको थाक्रेमा दुई बस ठोक्किँदा २ जनाको मृत्यु

धादिङ २५ माघ धादिङको थाक्रे गाउँपालिका स्थित पृथ्वी राजमार्गको १० किला नजिक दुई वटा बस एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ। दाङबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश नं. ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट रसुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२०८ नम्बरको बस आपसमा ठोक्किएर सडक छेउमा रहेको एक घरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ठोक्किएको घरभित्र रहेका एक जना गम्भीर घाइते भएका छन्। घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनापछि केही समय पृथ्वी…