AI प्रयोग बढ्दै जाँदा मानव सोचको क्षमतामाथि प्रश्न

आजको डिजिटल युगमा कृत्रिम बुद्धिमत्ता AI को प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। लेखन, अध्ययन, अनुसन्धानदेखि दैनिक निर्णयसम्म AI को पहुँच फैलिँदै जाँदा यसले मानिसको सोच्ने क्षमतामा कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयमा बहस सुरु भएको छ। प्रविधि विज्ञहरूका अनुसार AI आफैंले मानिसको सोच्ने शक्ति घटाउने होइन। तर सोचविचार नगरी AI मा पूर्ण रूपमा निर्भर हुँदा मानिसको विश्लेषणात्मक क्षमता कमजोर हुन सक्ने उनीहरूको भनाइ छ। कुनै प्रश्न वा समस्याको समाधान तुरुन्तै AI बाट खोज्ने बानीले आफैं सोच्ने अभ्यास घट्दै गएको देखिन्छ। विशेषज्ञहरू भन्छन्, सजिलो समाधानमा अभ्यस्त हुँदा मानिसले गल्ती गरेर…

“विद्यालय शिक्षा व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको संवैधानिक र कानुनी अधिकार प्रयोग गरेर सार्वजनिक शिक्षालाई निःशुल्क बनाएको हो।” – उप–प्रमुख दिपक विश्वकर्मा

धादिङ, ७ पुष नेपालको संविधान २०७२ को धारा ३१ ले नागरिकलाई शिक्षाको मौलिक हक दिएको र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले विद्यालय शिक्षा व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको उल्लेख गर्दै निलकण्ठ नगरपालिकाले सोही संवैधानिक र कानुनी अधिकार प्रयोग गरेर सार्वजनिक शिक्षालाई निःशुल्क बनाएको उप–प्रमुख दिपक विश्वकर्माले बताए। निलकण्ठ नगरपालिका, धादिङले नगरभित्र रहेका ८३ वटा सामुदायिक विद्यालयमा विगत दुई वर्षदेखि विद्यालय शिक्षा पूर्ण रूपमा निःशुल्क, परीक्षा शुल्कसमेत नलिने व्यवस्था लागू गर्दै आएको छ। नगरपालिकाले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई प्रति विद्यार्थी वार्षिक ५ हजार रुपैयाँ र कक्षा ११ र…