केआईआईटी मा अर्की एक नेपाली विद्यार्थी मृत फेला

धादिङ, वैशाख–१९ भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन् । विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रिशा साह मृत फेला परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार प्रिशाको शव छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको हो । भारतको सबैभन्दा ठूलो विद्यार्थी सङ्गठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा नेपाली विद्यार्थी मृत भेटिएको घटनालाई अत्यन्त पीडादायी भनेको छ । एबीभीपीले विज्ञप्ति निकारले केआईआईटी मा पुनः एकपटक नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु घिनलाग्दो र लज्जास्पद भएको जनाएको छ । यसअघि…

न्यु किबो बोर्डिङ स्कुलमा किबो फुटबल प्रतियोगिता सुरु

धादिङ वैशाख-१८ धादिङको न्यु किबो बोर्डिङ स्कुलमा किबो फुटबल प्रतियोगिता सुरु भएको छ ।  नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेंशी स्थित न्यु किबो बोर्डिङ स्कुलमा यही वैशाख १८ र १९ गते अर्थात् आज र भोलि  दुई दिने फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।  विभिन्न ग्रेडका ७ वटा प्रतिस्पर्धी टोलीहरूबिच सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल भने भोलि दिउँसो ३ बजेपछि हुनेछ ।  खेलकुद, टिम वर्क र युवाहरूमा एथलेटिक्स उत्कृष्टतालाई बढवा दिने उद्देश्यका साथ उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक प्रयास रेग्मी ले बताउनुभयो ।  न्यु किवो बोर्डिङ स्कुलले समय…

फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने प्रचण्डको भनाई

धादिङ बैशाख १८नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकचोटी फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।छिट्टै ठूलो आन्दोलनमा जानुपर्ने बताउनुहुँदै उहाँले अहिले सरकारमा जाने कुनै रुची नभएको समेत बताउनुभयो । ‘तपाईंहरू अब राम्रो तयारीमा जानुस् । छिट्टै हामी ठूलै आन्दोलनमा जानुपर्ने छ,’ प्रचण्डले भन्नुभएको छ , ‘हामी यथास्थितिवादी पार्टीसँग मिलेर सरकारमा जाने कुनै रुचि छैन । जनतासँगै ठिक छौं । हाम्रै वर्गसँग ठिक छौं ।’ आन्दोलनद्वारा तमाम समस्याको…

न्यू किवो वोर्डिङ स्कुलमा अक्षय तृतीयाको अवसर पारेर विद्यालयमा रचनात्मक क्रियाकलाप सञ्चालन

न्यू किवो वोर्डिङ स्कुलले अक्षय तृतीयाको अवसर पारेर विद्यालयमा रचनात्मक क्रियाकलाप सञ्चालन गरेको छ । बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि नेपाली संस्कृती तथा परम्परालाई जगेर्ना गर्ने उद्धेश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सातु र खुदो खुवाउदै अक्षय तृतीया पर्व मनाएको हो । अतिरिक्त क्रियाकलाप संयोजक अनुपट्टका अनुसार बुधबार प्रि प्राईमरी तह कक्षा १ र २ मा अध्ययनरत सम्पुर्ण बालबालिकाहरुलाई सातु र खुदो खान दिएर यस दिनलाई विशेष दिनको रुपमा मनाएको जानकारी दिनुभयो । यसका साथै भोली बैशाख १८ गते अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा विद्यालयमा विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरु बिच जुनियर फुटवल…

नेपाल शिक्षक महासंघका प्रतिनिधि मण्डल र सरकारबीच सिंहदरबारमा वार्ता जारी

धादिङ, वैशाख– १७ नेपाल शिक्षक महासंघका प्रतिनिधि मण्डल र सरकारबीच सिंहदरबारमा वार्ता जारी छ । वार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भइरहेको हो । महासंघले अघि सारेको ९ बुँदे प्रस्तावमा सहमति जुटाउने प्रयासस्वरूप छलफल भइरहेकाले आजै सहमति हुन सक्ने सम्भावना रहेको जनाइएको छ । शिक्षक महासंघका नेताहरूका अनुसार हिजो रातिको वार्ता सकारात्मक भएको थियो र त्यसैलाई आधार बनाएर आजको वार्तामा निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।

रूस–युक्रेन युद्ध अन्त्य गर्न ठोस प्रस्ताव नआए अमेरिका मध्यस्थता प्रक्रियाबाट पछि हट्ने चेतावनी

धादिङ, वैशाख– १७ अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रूस–युक्रेन युद्ध अन्त्य गर्न ठोस प्रस्ताव नआए अमेरिका मध्यस्थता प्रक्रियाबाट पछि हट्ने चेतावनी दिनु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति वार्ता प्राथमिकतामा राखे पनि प्रगति नदेखिएको भन्दै धैर्य सकिँदै गएको संकेत गर्नु भएको छ । ट्रम्पले पुटिन शान्ति चाहन्छन् भन्ने संकेत दिए पनि रुसले तीन दिने युद्धविराम मात्रै प्रस्ताव गरेको छ, भने युक्रेन–समर्थित ३० दिनको युद्धविराम अस्वीकार गरेको छ । अमेरिका भने दीर्घकालीन र स्थायी शान्ति चाहन्छ । कूटनीतिक दबाबस्वरूप अमेरिकाले तयार पारेको प्रारूप युक्रेनका लागि अस्वीकार्य लाग्न सक्छ । ट्रम्पले…

प्रचण्ड पार्टीको मधेश जागरण अभियानका क्रममा कञ्चनपुरमा

धादिङ, वैशाख– १७ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको मधेश जागरण अभियानका क्रममा कञ्चनपुर पुग्नुभएको छ । त्यसक्रममा उहाँले जिल्लाको पुनर्वास नगरपालिका–५ स्थित शोभा ताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट गर्नूभएको छ । कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको क्रममा अमूल्य बलिदान दिने ३८ जना सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको परिवारप्रति सम्मान व्यक्त गर्नुभयो। भेटघाट कार्यक्रममा सहिद परिवारका सदस्यहरूसँग आत्मीय संवाद गर्दै उहाँले जनयुद्धको योगदान र सहिदहरूको बलिदानलाई संस्थागत रूपमा स्मरण गर्नुका साथै सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता पनि दोहोर्‍याउनु भयो । त्यसअघि आजै बिहान पुनर्वासमा जनयुद्धका…

नाउपाका संरक्षक रेशम चौधरी पक्राउ

धादिङ, वैशाख– १७ नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ पर्नु भएको छ । जनमत पार्टीसँग एकता घोषणा गर्न लागिएको कार्यक्रम स्थलबाटै उहाँलाई प्रहरीले पक्राउ गरेको नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जानकारि दिनुभयो। चौधरी पाक्राउ पर्नुको स्पष्ट कारण खुलेको छैन। तर जनमत अध्यक्ष डा. सिके राउतका अनुसार उहाँलाई पुरानो फैसला कार्यान्वयनका लागि भन्दै प्रहरीले पक्राउ गरेकोहो। टिकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ मा रिहा हुनुभएको थियो। राउतले ​डिल्ली बजार जेल पठाएको खबरसमेत प्राप्त भएको सामाजिक संजालमार्फत उल्लेख गर्नुभएको छ। आज नै राउत नेतृत्वको…

चुरोटको मूल्य तिन गुणा बढाऔं— स्वास्थ्य मन्त्री पौडेल

धादिङ, वैशाख—१६स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रतिखिल्ली १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ पुर्‍याउन प्रस्ताव गर्नुभएको छ । साथै प्रति बोतल एक हजार रुपैयाँ मूल्य रहेको रक्सीलाई तीन हजार पुर्‍याउन पनि उहाँले प्रस्ताव गर्नूभएको छ। नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल मध्यपुर थिमीको सोमबार भक्तपुरमा भएको १७औं स्थापना दिवस समारोह तथा ब्लड बैंक शुभारम्भ गर्दै मन्त्री पौडेलले यसरी प्राप्त भएको रकममध्ये केहीलाई स्वास्थ्य बिमामा पठाउन सकिने बताउनुभयो । यसो भयो भने मात्रै स्वास्थ्य बिमाले जीवन्तता पाउने नत्र स्वास्थ्य बिमा नै खारेज गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाई छ । उहाँले स्वास्थ्य…

बोहरालाई हेलिकोप्टरबाट उद्धार

धादिङ, वैशाख—१६ सिमकोट गाउँपालिका-२ की १६ वर्षीया पुष्पा बोहरालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। आइतबार एक्कासि उच्च रक्तश्रावको समस्या देखिएपछि ठेहे  स्वास्थ्य चौकीबाट जिल्ला अस्पतालमा रेफर गरिएको हो।  बेथा लागेर उच्च रक्तश्राव भएकी किशोरीको पेटभित्रको बच्चा उल्टो भएपछि जिल्ला बाहिर रेफर गरिएको जिल्ला अस्पताल हुम्लाका डाक्टर उमाकान्त तिवारीले बताउनुभयो। न्यूनतम् ३७ हप्तादेखि ४० हप्ताभित्र हुनुपर्ने हो तर २८ हप्तामै बेथा लागेको बताउनुभयो। ‘चेकजाँच गर्दा बच्चाको मुटुको धड्कन ठीक थियो। हुम्लामै अप्रेसन गर्न पनि सकिन्थ्यो। तर जिल्ला अस्पतालमा एनआईसीयु नुहुँदा हेलिकोप्टरबाट उद्धार गरिएको हो’, डाक्टर तिवारीले भन्नुभयो।