वाइसियल नेपाल बेनिघाट रोराङ गाउँपालिकाद्वारा बृक्षरोपण कार्यक्रम सम्पन्न

धादिङ, ८ –भदौ, योङ्ग कम्युनिस्ट लिग (वाइसियल) नेपाल बेनिघाट रोराङ गाउँपालिकाको आयोजनामा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिकाको वडा नम्बर ३ मलेखु ताल्ति सडक खण्डमा सयौँ बिरुवा रोपिएको वाइसियल बेनिघाटले जनाएको छ। कार्यक्रमको उद्देश्य वातावरण संरक्षण, हरित क्षेत्र विस्तार र जलवायु परिवर्तनको असर न्यूनिकरण गर्ने रहेको वाइसियल बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष राम सरण बरामले बताए। उनले यस्तो अभियानले गाउँपालिकालाई हराभरा बनाउन ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे। साथै वाइसियल नेपालका जिल्ला इन्चार्ज सन्तोष अधिकारिले वाइसियल नेपाल जनताको भएको र जनताको हितको लागि सदैव लागि पर्ने समेत बताए । बेनिघाट…