धादिङ, ३-भदौ, धादिङ निलकण्ठ नगरपालिका–१० ढोडेनी ज्यामरुङमा दलित समुदायका युवक माथि जातीय भेदभाव र कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। निलकण्ठ–१० ढोडेनि ज्यामरुङका २६ वर्षीय रामबहादुर विसुन्केले जिल्ला प्रहरी कार्यालय धादिङमा जातीय छुवाछूत तथा कुटपिट गरेको उल्लेख गरि प्रहरीमा जाहेरि दिएका छन र हामी सङ्ग कुरा गर्दा आफैंले भोट हालेर निर्वाचित जनप्रतिनिधि भएर संरक्षक हुनु पर्नेमा उल्टै जातीय भेदभावका हिंसा गरिनु , शान्ति शुरक्षा एवं न्यायका लागि प्रहरी संरक्षणमा आउनु परेको पिडित राम बहादुर बताउँछन् । विसुन्केले दिएको जाहेरी अनुसार २०८२ साल साउन १९ गते दिउँसो करिब १२:३० बजे खेतमा…
