एसईईमा उत्कृष्ट नतिजा ल्याउने ईश्वर भण्डारीलाई वाइसिएलद्वारा सम्मान

धादिङ, २४–असार

अखिल (क्रान्तिकारी) गजुरी गाउँपालिकाको आयोजनामा २०८१ सालको कक्षा १० को एसईई परीक्षामा सहभागी भई ४.० जिपिए ल्याउने गजुरी पीडा माध्यमिक विद्यालयका विद्यार्थी ईश्वर भण्डारीलाई सम्मान गरिएको छ।

गजुरी गाउँपालिका भित्रकै उत्कृष्ट नतिजा ल्याउन सफल भण्डारीलाई यङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालका केन्द्रिय सदस्य सन्तोष अधिकारी र वाइसिएल गजुरी गाउँपालिकाका अध्यक्ष दिवाकर श्रेष्ठले नगद पाँच हजार पाँच सय रुपैयाँसहित सम्मान गरेका हुन्।

सम्मान कार्यक्रममा वाइसियल नेपालका केन्द्रिय सदस्य अधिकारिले एस्ता सम्मनहरुले हौसला मिल्ने र अझ आफुलाई निखारेर लैजान मद्दत गर्ने बताए । कार्यक्रममा बोल्दै वाइसियल गजुरि गाउँपालिका अध्यक्ष श्रेष्ठले भण्डारीको परिश्रम, अनुशासन र लगनशीलताको प्रशंसा गर्दै अन्य विद्यार्थीलाई पनि यस्ता उपलब्धिहरूले प्रेरणा दिने विश्वास व्यक्त गरे।

Related posts

Leave a Comment