नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ, जिल्ला शाखा धादिङ धर्नामा

धादिङ, २२–असार,

 नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ, जिल्ला शाखा धादिङको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय, धादिङ अगाडि विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम सम्पन्न गरिएको छ ।

सरकारद्वारा आर्थिक वर्ष २०८२ ÷ ८३ को नीति तथा कार्यक्रम बजेटमा सुनचाँदी व्यवसायमा २% बिलासी कर र मूल्य अभिवृद्धि कर (भ्याट) १३% लगाइएको विरोधमा व्यवसायीहरूले प्लेकार्डसहित प्रदर्शन र जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना गरेका हुन् । उनीहरूले “हाम्रो धर्ना जारी छ”, “हाम्रो माग पुरा गर”, “सुनमा बिलासी कर हटाऊ” “सुनमा भन्सार कर ६ प्रतिशत कायम गर”,  जस्ता नारा लगाएका थिए ।

नेपाल सुनचाँदी कला व्यवसायी सङ्घका केन्द्रीय वित्तीय उपाध्यक्षले सिताराम बराइली ले व्यवसायी तथा आम उपभोक्तालाई समस्यामा पर्ने गरी कर को दर बढाइनु न्यायोचित नहुने बताए , साथै उनले व्यावसायिलाई प्रोत्साहन गर्नुपर्ने । युवाको विदेश पलायनलाई रोक्नुमा सरकारले ध्यान दिनुपर्ने समेत स्पट पारे । साथै सँघका केन्द्रीय कोषाध्यक्ष सुदिप रसाइलीले यो सबै बिदेसी व्यावसायि प्रभावमा भएको संका ब्यक्त गरे । साथै विरोधका कार्यक्रम चरणबद्ध रूपमा अघि बढ्ने र माग पुरा नहुँदा सम्म नरोकिने समेत बताए । 

यसअघि नै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र समेत बुझाइ सकिएको सङ्घले जानकारी दिएको छ ।

Related posts

Leave a Comment