धादिङ, २२–असार, नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ, जिल्ला शाखा धादिङको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय, धादिङ अगाडि विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम सम्पन्न गरिएको छ । सरकारद्वारा आर्थिक वर्ष २०८२ ÷ ८३ को नीति तथा कार्यक्रम बजेटमा सुनचाँदी व्यवसायमा २% बिलासी कर र मूल्य अभिवृद्धि कर (भ्याट) १३% लगाइएको विरोधमा व्यवसायीहरूले प्लेकार्डसहित प्रदर्शन र जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना गरेका हुन् । उनीहरूले “हाम्रो धर्ना जारी छ”, “हाम्रो माग पुरा गर”, “सुनमा बिलासी कर हटाऊ” “सुनमा भन्सार कर ६ प्रतिशत कायम गर”, जस्ता नारा लगाएका थिए । नेपाल सुनचाँदी कला व्यवसायी…
