धादिङ, २५– जेष्ठ
नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को केन्द्रीय सदस्यमा धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर १२ का नवराज मजकोटि खुल्ला तर्फबाट निर्विरोध निर्वाचित भएका छन् ।
वाइसीएल नेपालको स्थापना कालदेखिनै आबद्ध भइ विभिन्न आन्दोलनमा होमिएका मजकोटिलाई केन्द्रीय कमिटीमा बागमती प्रदेश कमिटीले सिफारिस गरेको थियो । भने धादिङबाट सन्तोष अधिकारी (केन्द्रीय सदस्य, खुल्ला भूगोल) सुदिप अधिकारी ( केन्द्रीय आयोग सदस्य) बनेका छन् ।
साथै,वाईसीएल नेपालको अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही निर्विरोध चयन भएका हुन् । त्यस्तै, २२ जना उपाध्यक्ष बनेका छन् । उनीहरू सबै निर्विरोध निर्वाचित भएका हुन् । १९ जना उपमहासचिव बनेका छन् । त्यस्तै ३१ जना सचिव बनेका छन् भने एक जना कोषाध्यक्ष बनेका छन् ।
वाईसीएलको नेतृत्वका लागि दर्जन बढी आकाङ्क्षी भए पनि उनीहरूबिच लामो समयको छलफलपछि आज नयाँ कार्यसमिति घोषणा गरिएको हो ।
वाईसीएलको नेतृत्व चयनमा सहमति जुट्न नसक्दा पटक पटक निर्वाचन कार्यतालिका संशोधन गरिए पनि अन्ततः सबै निर्विरोध चयन भएका छन् ।
उनीहरूको शपथ पनि आजै हुने कार्यतालिका छ ।
