सुनको भाउमा ह्वात्तै वृद्धि, तोलाकै करिब २ लाख

धादिङ बैशाख ८
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको छ । योसँगै सुनको भाउ तोलाको १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको हो ।

केही दिनयता स्थिर रहेको चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ ।
हिजो तोलाको १ हजार ९ सय ६० रहेको चाँदी आज १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि हुँदा नेपाली बजारमा पनि वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार ४ सय अमेरिकी डलर नाघेको छ ।

Related posts

Leave a Comment