धादिङ बैशाख ८
राष्ट्रिय परीक्षा बोर्डले आउँदो ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।
आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । उहाँले ढुक्क भएर परीक्षाको तयारी गर्न विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।
शिक्षक तथा कर्मचारीहरूको आन्दोलन भइरहेका कारण परीक्षा निर्धारित मितिमा हुने या नहुने अन्योल थियो ।
बैठकले सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालनको तयारी गर्नका लागी अनुरोध समेत गरिसकेको छ ।
