परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने 

धादिङ  बैशाख ८ राष्ट्रिय परीक्षा बोर्डले आउँदो ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । उहाँले ढुक्क भएर परीक्षाको तयारी गर्न विद्यार्थीलाई आग्रह गर्नुभएको छ । शिक्षक तथा कर्मचारीहरूको आन्दोलन भइरहेका कारण परीक्षा  निर्धारित मितिमा हुने या नहुने  अन्योल थियो । बैठकले सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालनको तयारी गर्नका लागी अनुरोध समेत गरिसकेको छ । 

सुनको भाउमा ह्वात्तै वृद्धि, तोलाकै करिब २ लाख

धादिङ बैशाख ८नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको छ । योसँगै सुनको भाउ तोलाको १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको हो । केही दिनयता स्थिर रहेको चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ ।हिजो तोलाको १ हजार ९ सय ६० रहेको चाँदी आज १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि हुँदा नेपाली बजारमा पनि वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार ४ सय अमेरिकी डलर…