कृष्णभीरबाट त्रिशुली किनारमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु

धादिङ बैशाख-७ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरबाट त्रिशुली किनारमा मोटरसाइकल खस्दा एक जनाको ज्यान गएको छ । बागमती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल कृष्णभीरबाट त्रिशुली किनारमा खस्दा सिन्धुलीको तिनपाटन गाउँपालिका– ९ का २६ वर्षिय मिन बहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक हमालका अुनसार मोटरसाइकल सडकबाट करिव तीन सय मिटर तल खसेको थियो । मृतक तामाङको शवसहित दुर्घटनाग्रत मोटरसाइकल त्रिशुली किनार नजिकै झाडीमा भेटिएको बताउनुभयो ।

राप्रपा को प्रदर्शनमा पक्राउ परेकाहरुलाई प्रहरीले छोड्यो

धादिङ बैशाख-७राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आइतबार प्रदर्शनमा पक्राउ परेकाहरुलाई प्रहरीले छाडेको छ । नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याइएका सातै जनालाई छाडिएको परिसरका एसपी अपील राज बोहराले बताउनुभयो । छुट्नेहरुमा राप्रपा अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल रहेका छन् । उनीहरुले निषेधित क्षेत्र तोडेर सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

राप्रपा का अध्यक्षसहित तीन जना नेता सिंहदरबाट पक्राउ

धादिङ बैशाख-७ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन जना नेता सिंहदरबाट पक्राउ परेका छन् । निशेधित क्षेत्र सिंहदरबारभित्रै प्रदर्शन गरेपछि राप्रपा नेताहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले राप्रपा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी परिसर काठमाण्डौ भद्रकालीमा राखिएको छ ।