उपाधिको लागि नेपाल कुवेत सँग खेल्दै

धादिङ चैत्र-३१

नेपालले चार देशीय टी–२० सिरिजको उपाधिका लागि आज कुवेतसँग खेल्दै छ । 

हङकङको मङककस्थित मिसन रोड ग्राउन्डमा नेपाल उपाधि जित्ने लक्ष्यमा छ  । शनिवार लिग चरणको अन्तिम खेलमा नेपाल र हङकङ बिचको खेल वर्षाको कारण अवरुद्ध भएको थियो । नेपालको तीन खेल मध्य दुईमा जित तथा एक खेल वर्षाको कारण रुद्ध भएको थियो ।

नेपाल लिग तालिकाको शीर्ष स्थानमा छ । कुवेत भने लिग चरणमा दोस्रो हुँदै फाइनलमा पुगेको हो ।

 नेपाल र कुवेतबिचको खेल बिहान सवा ११ बजे हुनेछ । 

Related posts

Leave a Comment