धादिङ,चैत्र ३१ नेपाल र नेपालीलाई केवल खेलकुदले चिनाउन सक्छ । प्रतिकुल मौसमका बाबजुद पनि आफ्नो खेल कौसल प्रस्तुत गर्न सकेकोमा हार्दिक बधाई दिँदै नीलकण्ठ नगरपालिकाका उप—प्रमुख दिपक विश्वकर्माले नयाँ वर्ष २०८२को शुभकामना समेत व्यक्त गर्नुभएको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित चिसापानीमा प्रथम चिसापानी कप यु १७ नकआउट फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि विश्वकर्माले आगामी दिनमा खेल क्षेत्रलाई अझ फराकिलो र समावेशी बनाउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रमका अध्यक्ष तथा गणेश कुण्ड मैत्री युवा समाजका अध्यक्ष द्वारिका दाहालले प्रतियोगिता शान्त र सौहार्दपूर्ण…
Day: April 13, 2025
फाइनलमा नेपाल पराजित
धादिङ,चैत्र-३१ चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ । कुवेतले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा १ सय ७१ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।नेपालका बसिर अहमदले ८०, नन्दन यादवले ३७ रन बनाउनुभयो । नेपालले ९२ रन बनाउँदा ८ विकेट गुमाएको अवस्थामा नवौं विकेटका बसिर र नन्दनले ७२ रनको साझेदारी गरेका थिए । कुवेतका अनुदीप चेन्थामाराले ३ विकेट लिनुभयो । यसअघि हङकङको मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १…
उपाधिको लागि नेपाल कुवेत सँग खेल्दै
धादिङ चैत्र-३१ नेपालले चार देशीय टी–२० सिरिजको उपाधिका लागि आज कुवेतसँग खेल्दै छ । हङकङको मङककस्थित मिसन रोड ग्राउन्डमा नेपाल उपाधि जित्ने लक्ष्यमा छ । शनिवार लिग चरणको अन्तिम खेलमा नेपाल र हङकङ बिचको खेल वर्षाको कारण अवरुद्ध भएको थियो । नेपालको तीन खेल मध्य दुईमा जित तथा एक खेल वर्षाको कारण रुद्ध भएको थियो । नेपाल लिग तालिकाको शीर्ष स्थानमा छ । कुवेत भने लिग चरणमा दोस्रो हुँदै फाइनलमा पुगेको हो । नेपाल र कुवेतबिचको खेल बिहान सवा ११ बजे हुनेछ ।
