धादिङ, चैत्र-३०
तनहुँको बन्दीपुरमा चितुवाको आक्रमणमा परेर एक बालिकाको मृत्यु भएको छ ।
बन्दीपुर गाउँपालिका–२ कामी डाँडामा शुक्रवार साँझ चितुवाले आक्रमण गर्दा १० बर्सिया बालिका अनुजा विकको मृत्यु भएको हो ।
इसुप र अमृता विकको छोरी अनुजालाई साँझ ६ बजेको आसपासमा चितुवाले आक्रमण गरेको थियो । अनुजाको शव झन्डै एक किलोमिटर पर फेला परेको स्थानीय सुदिन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मृत बालिकाको दाहिने खुट्टा खाएको अवस्थामा फेला परेको हो ।
