कुशल भुर्तेलको सानदार ब्याटिङसँगै नेपाल विजयी

 ओपनर कुशल भुर्तेलको सानदार ब्याटिङसँगै नेपालले चार देशीय टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ।  बिहीबार बिहान सम्पन्न खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो। नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले पराजित गरेको थियो। योसँगै शीर्ष स्थानमा रहेको नेपालले चार अङ्क पुर्‍याएको छ। यो जितसँगै नेपालले फाइनलको सम्भावना उच्च बनाएको छ। अब नेपालले लिग चरणको अन्तिम खेल शनिवार घरेलु टोली हङकङसँग खेल्नेछ। कुवेतले प्रस्तुत गरेको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो। कुशलले सर्वाधिक ८१ रन बनाए। ५० बल खेलेका उनले समान ६ चौका र छक्का…

नीलकण्ठ नगरपालिका वडा नम्बर ८ र ९ मा दलित सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न

धादिङ चैत्र-२८ नीलकण्ठ नगरपालिका वडा नम्बर ८ र ९ मा दलित सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ८ का वडा कार्अयवाहक अध्यक्ष छबी प्रसाद काप्री , वडा नम्बर ९ को वडा अध्यक्ष राजन बराईली र सामाजिक बिकास समिती संयोजक एवम् वडा नम्बर ६ को महिला वडा सदस्य मञ्जु मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि विश्वकर्माले दलितले आफ्नो अधिकार र कानुनमा लेखिएको कुराको जानकारी लिनुपर्ने र आफू पनि आर्थिक रुपमा सबल…

नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा प्रगति समीक्षा विश्लेषण तथा पुनः योजना निर्माण बैठक सम्पन्न

धादिङ, चैत्र- २८ धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा प्रगति समीक्षा विश्लेषण तथा पुनः योजना निर्माण बैठक सम्पन्न भएको छ । बिहीबार क्षयरोग मुक्त स्थानीय तह अभियान कार्यक्रम अन्तर्गत वडा स्तरीय समितिसँग गत आर्थिक वर्षमा निर्माण गरिएको सूक्ष्म योजनाको प्रगति समीक्षा विश्लेषण तथा पुनः योजना निर्माण बैठक सम्पन्न भएका हो । नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराइलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै निवर्तमान वडा अध्यक्ष भोज बहादुर रेग्मी, नीलकण्ठ नगरपालिकाका शाखा अधिकृत लोकनाथ उपाध्याय लगायतको…