जीवनको रक्षा सुनिश्चित भए २४ घण्टाभित्र उपस्थित हुन्छु- प्रसाई

धादिङ , चैत्र-२७ फरार रहेका दुर्गा प्रसाईंले आफ्नो जीवनको रक्षाको सुनिश्चित भए २४ घण्टाभित्र प्रहरी समक्ष उपस्थित हुने बताउनु भएको छ ।

बुधबार सामाजिक सञ्जाल फेसबुक लाइभमा प्रसाईंले आफ्नो जीवनको रक्षाको सुनिश्चित भए २४ घण्टाभित्र प्रहरी समक्ष उपस्थित हुने बताउनु भएको हो । 

उहाले भन्नु भएको छ , ‘मेरा वकिलहरू धुव्रलाल श्रेष्ठ, स्वागत नेपाल, टंक दुलाल, सुशील पन्त, डा सुरेन्द्र भण्डारी, रमन श्रेष्ठ, डा भिमार्जुन आचार्य र मानव अधिकारको रोहबरमा हो भने म भोली २४ घण्टाभित्र पुलिस प्रशासनमा उपस्थित हुन्छु। मलाई खोज्नु पर्दैन। भारत भागेको भनिएको छ। म कतै भागेको छैन। नेपालमै छु नेपालकै कुनै ठाउँमा बसिरहेको छु। मेरो जीवनको रक्षाको सुनिश्चित हुन्छ भने म बाहिर आउन तयार छु।’

उहाले आफू नभागेको र अहिले जोगिएर बसेको भन्दै , ‘म भागेको होइन। जोगिएको मात्र हुँ । म रहे भने यो अभियान सफल हुन्छ। यदि म रहिन भने यो अभियान त्यतिकै सकिन्छ’ भन्नु भयो ।

Related posts

Leave a Comment