तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०-१० लाख दिने

धादिङ,चैत्र २०
सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०—१० लाख दिने निर्णय गरेको छ ।

गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको उनको सचिवालयले जनाएको हो ।

उक्त दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र एभिन्यूजका पत्रकार सुरेश रजकको निधन भएको थियो ।

उहाँहरु दुवैको पोस्टमार्टम भइसकेको छ । पोस्टमार्टम रिपोर्ट अनुसार रजकको शरिरमा कुनै गोली नभेटिएको चिकित्सकले बताएका छन् ।

महर्जनको भने शरिरमा एउटा गोली लागेको भेटिएको थियो ।

सविनको मंगलबार नै दाहसंस्कार गरिएको छ । रजकको आज दाहसंस्कार हुने बताइएको छ ।

Related posts

Leave a Comment