सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा विद्युत् सर्ट भएर आगलागी भएको छ । गाउँपालिकाको केन्द्र काफ्लेचौरस्थित पालिकाको कार्यालय रहेको घरमा आइतबार दिउँसो आगलागी भएको हो । गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार शाखा रहेको स्थानीय रुद्रबहादुर खत्रीको ढुङ्गा, माटो र टिनको छानो भएको घर जलेर नष्ट भएको लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन् । उनका अनुसार गाउँपालिकाको महत्वपूर्ण कागजात र स्टोरमा राखिएका सामाग्रीहरू जलेर नष्ट भएका छन् । यद्यपि, क्षतिको यकिन विवरण आईसकेको छैन । सोलुखुम्बुका प्रहरी प्रमुख द्वारिकाप्रसाद घिमिरेका अनुसार बिजुली सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट…
Month: March 2025
प्रकाश भट्टलाई अध्यक्ष चयनगर्दै धादिङ मोबाईल व्यवसायी संघको तेस्रो अधिवेशन सम्पन्न
धादिङ मोबाईल व्यवसायी संघको ७ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार धादिङ मोबाईल व्यवसायी संघका अध्यक्ष नारायण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा नेपाल मोबाईल व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष एसिस रिजालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै उधोग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटी, नेपाल मोबाईल व्यवसायी महासंघ बागमती प्रदेशका सचिव सुरज पौडेलको विशिष्ठ आतिथ्यता रहेको थियो । उक्त अधिवेशनबाट अध्यक्षमा प्रकाश भट्ट चयन भएको छ । जसको उपाध्यक्षमा नवराज श्रेष्ठ, कोषाध्यक्षमा शरण कुमार श्रेष्ठ, सचिवमा जलिन मिया, सहसचिवमा दिपमाया श्रेष्ठ र सदस्यहरुमा किशोर…
पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने
हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । साथै आज राती कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टासम्म नेपालमा वर्षा÷हिमापत गराउने प्रणाली छैन । साथै मौसम सम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र योजना बनाउन विभागले अनुरोध गरेको…
हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र यात्रुको उद्धार
रुकुमपूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र यात्रुको उद्धार गरिएको छ। शुक्रबार रातिदेखि परेको हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको लुकुम–पातिहाल्ना क्षेत्रमा रुकुमपश्चिमबाट काठमाडौँका लागि छुटेका तीनवटा बससँगै अन्य साना गाडीमा सवार यात्रुको उद्धार गरिएको छ। हिमपातका कारण बाटो बन्द भएपछि शुक्रबार दिउँसोबाट बस रुकुमपूर्व र बागलुङ सिमाना पार गर्न नसक्दा यात्रु अलपत्र थिए। रुकुमपश्चिमबाट काठमाडौँका लागि छुटेको बस शुक्रबार दिउँसो पातिहाल्ना नजिक पुगे पनि हिउँका कारण अगाडि बढ्न नसक्दा रातभरि र शनिबार दिनभर बसमै बिताएको रुकुमपश्चिमकी प्रेमिका मल्लले जानकारी दिइन्। त्यहाँ नजिकै होटल नभएको र पातिहाल्नामा भएको साना दुई होटलमा…
इजरायल र हमासबीच युद्धविरामको पहिलो चरण सकियो, दोस्रो चरणको वार्ता अझै अनिश्चित
इजरायल र हमास लडाकू समूहबीच युद्धविरामको पहिलो चरण सकिएको छ। तर युद्धविराम सुरक्षित गर्ने अर्को चरणको वार्ता अझै अनिश्चित छ । सन् २०२३ को अक्टोबर ७ तारिखमा हमासले इजरायलमाथि गरेको आक्रमणपछि शुरू भएको १५ महिनाभन्दा लामो युद्धपछि गएको जनवरी १९ तारिखमा युद्धविराम लागू भएको थियो । शुरूको ६ हप्ताको अवधिमा हमासले इजरायली जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीहरूको बदलामा २५ जना जीवित बन्धकलाई मुक्त गर्दा अन्य आठ जनाको शव इजरायललाई फिर्ता गर्याे। बदलामा इजरायली सुरक्षा निकायले आफ्नो नियन्त्रणमा रहेका झण्डै एक हजार नौ सय जना कैदीबन्दीको रिहाइ गरेको छ । दोस्रो…
दक्षिण अफ्रिका आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा
दक्षिण अफ्रिका आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह बीको अन्तिम खेलमा इंग्ल्याण्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूहविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । तीनवटै खेलमा पराजय व्यहोरेको इंग्ल्याण्डले कुनै पनि अंक नजोडी प्रतियोगिताको अन्त्य गरेको छ । इंग्ल्याण्ड अस्ट्रेलिया र अफगानिस्तानसँग यसअघ पराजित भएको थियो । इंग्ल्याण्डले दिएको १८० रनको लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । राशी भान डेर डुसेनले अविजित ७२ रन बनाउँदा हेनरिच क्लासेनले ६४ रन बनाए । इंग्ल्याण्डका जोफ्रा आर्चरले २ तथा आदिल राशिदले १ विकेट लिए…
धादिङबेसीमा जारी प्रथम सुमन स्मृति कपको उपाधि मित्र युवा क्लवलाई
धादिङको सदरमुकाम धादिङबेसीमा जारी प्रथम सुमन स्मृति कपको उपाधि मित्र युवा क्लव (एमवाईसी) ले जितेको छ । धादिङ फुटबल क्लव (डिएफसी) लाई २–० गोलले पराजित गर्दै एम.वाई.सी. ले उपाधि जितेको हो । शुक्रबार भएको सेमीफाईनल खेलमा सेभेन हर्सलाई पराजित गर्दै एमवाईसी र पेनाल्टी सुटआउटमा शिवदल गणलाई पराजित गर्दै डिएफसी फाइलन प्रवेश गरेको थियो । शनिबार भएको फाइनल खेलमा खेल सुरु भएको केही मिनेटमै गोल गर्न सफल एमवाईसी ले दोश्रो हाफमा पनि फेरी गोल थप्दै उपाधि सुरक्षित गर्यो । सेमिफाइनल जितेर फाइनल प्रबेश गरेसंँगै डिएफसी र एमवाईसी बीचको फाइनल भीडन्त रोचक…
नेपाल विद्युत् प्राधिकरणले आज बिजुली कटौती गर्ने
नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौको सतुङ्गल लगायतका क्षेत्रमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोकलगायतका क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धिलगायतका कार्यका लागि बिजुली कटौती हुने जनाएको हो । आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ती ठाउँमा बिजुली काटिने भएको हो । यस्तै मूलपानी सबस्टेशन निर्माण आयोजनाले पनि आज बेलुकीसम्म नै बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क , जोरपाटी, बालाजु र कुलेश्वर वितरण केन्द्रलगायतका क्षेत्रमा बिजुली प्रवाह रोकिने जनाएको छ । निर्माणाधीन सबस्टेशनमा प्राविधिक कामका लागि ती…
जेलेन्स्की र ट्रम्पबीच मतभेद
महत्त्वपूर्ण खनिज सम्झौताका लागि अमेरिका भ्रमणका रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मतभेद भएको छ । ह्वाइटहाउसमा भइरहेको भेटवार्ताका क्रममा समकक्षी ट्रम्पसँग तिक्तता बढेपछि जेलेन्स्की बाहिर निस्किएका बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आफूमाथि अपमानजनक व्यवहार गरेकाे जेलन्स्कीले आरोप लगाउनुभएको छ । ट्रम्पलाई युक्रेनको खनिज उद्योगमा अमेरिकी सहभागिताको सम्झौतामाथि हस्ताक्षर हुने विश्वास थियो । तर अमेरिकाले रुसलाई समर्थन गरेकोबारे असन्तुष्टि जनाउँदै जेलेन्स्कीले ट्रम्पका विभिन्न प्रस्तावलाई अस्वीकार गर्नुभएको खबरमा उल्लेख छ । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्ति सम्झौता र अरू विभिन्न सम्झौताको पक्षमा रहेको भन्दै रुसको समर्थन…
