धादिङ– धादिङको निलकण्ठ क्याम्पस सहित विभिन्न क्याम्पसहरुमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचनका लागि आफ्नो संगठन दर्ता गराएको छ । धादिङबेसी सदरमुकाममा रहेको निलकण्ठ बहुमुखी क्याम्पसमा संगीत तामाङको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन सहित संगठन दर्ता गरेको हो । नेत्रावती सामुदायिक बहुमुखी क्याम्पसमा शंकर रिजालको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन सहित संगठन दर्ता गराएको हो भने जय बागेश्वरी बहुमुखी क्याम्पस,चन्द्रोदय बहुमुखी क्याम्पस र मछिन्द्र बहुमुखी क्याम्पसले स्ववियु निर्वाचनका लागि आफ्नो संगठन दर्ता गराएको र बांकी क्याम्पसहरुमा संगठन दर्ता प्रक्रिया बांकी रहेको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष…
Month: March 2025
खैरो हेरोइनसहित चार जना पक्राउ
खैरो हेरोइनसहित चार जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । ३४ ग्राम खैरो हेरोइनसहित काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित पेट्रोलपम्प नजिकैबाट चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय समीर रोका, सोही ठाउँमा निलकण्ठ गाउँपालिका–११ बस्ने २७ वर्षीय अनुप घिमिरे, नुवाकोटको लिखु गाउँपालिका–३ बस्ने २७ वर्षीय विक्रम तामाङ र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ वर्षीय रोमश्वर अधिकारी छन् । उनीहरुलाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको मोटरसाइकल र क्रेटा गाडी समेत नियन्त्रणमा लिइएको छ । उनीहरू मोटरसाइकल र बा १५…
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाले सुचना जारी गर्दै गाउँपालिका अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आ.व.२०८१ /०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला शसक्तिकरणमा स्थानीय सरकारको भूमिका शिर्षकमा आधारित रहेर वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । यहि फागुन २४ गते गाउँपालिकाको सभाहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा भाग लिने आमा तथा महिला समुहहरुले महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा सम्पर्क गर्न गाउँपालिकाले सुचना मार्फत जानकारी दिएको छ । गाउँपालिकाले…
अस्ट्रेलियाले भारतलाई दियो २ सय ६५ रनको लक्ष्य
च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनलमा अस्ट्रेलियाले भारतलाई २ सय ६५ रनको लक्ष्य दिएको छ । दुबईमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभर ३ बलमा २ सय ६४ रनमा अलआउट भयाे । अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले ७३, एलेक्स केरीले ६१, ट्राभिस हेडले ३९ रन बनाए । भारतका मोहम्मद शमीले ३ तथा वरुण चक्रवर्ती र रवीन्द्र जडेजाले २/२ विकेट लिए । च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइलनमा भोलि न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल पाकिस्तानको लाहोरमा हुनेछ । भारत समूह ‘ए’ बाट विजेता र न्युजिल्यान्ड उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्…
शाहको स्वास्थ्यमा सुधार
हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार भएको छ । पारिवारिक स्रोतका अनुसार स्वास्थ्यमा सुधार भएकाले केही दिनमै डिस्चार्ज गरिने चिकित्सकले जनाएका छन्। आइतबार राति हृदयघात भएपनि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालको आइसियुमा राखेर उनको उपचार भइरहेको छ। डा.यादब भट्ट लगायत चिकित्सक उनको उपचारमा संलग्न हुनुहुन्छ । यसअघि पनि पारसलाई तीन पटकसम्म हृदयघात भएको थियो।
कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकन शून्य
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकन शून्य आएपछि चर्चाको विषय बनेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग घिसिङले गरेको कार्यसम्पादन सम्झौता अनुरूप म्याद गुज्रेपछि विवरण बुझाएकाले शून्य आएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले घिसिङसँग गरेको कार्यसम्पादन करार अनुसार आर्थिक वर्ष सकिएको दुई महिनाभित्र बुझाउनुपर्नेमा घिसिङले अटेर गरेर ढिला बुझाएको मन्त्रालयको जिकिर छ। मन्त्रालयले गत पुस २२ गते कार्यसम्पादन मूल्यांकन नै नबुझाएकाले किन पदमुक्त नगर्ने भन्दै पत्र काटेपछि उनले २६ पुसमा कार्यसम्पादन विवरण बुझाएका थिए। तोकिएको समयमा कार्यसम्पादन पेस नगरेका कारण मूल्यांकन ग्राह्य नभई निजको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन…
मानशिक समस्या र समाधान
मानशिक समस्या एउटा जटिल समस्या हो। ती समस्याहरूको बेलैमा पहिचान गरी उचित परामर्श मिलेमा बिरामीलाई राहत मिल्न सक्छ। यी समस्याहरू के के हुन सक्छन् र यसका समाधानका उपायहरू के के हुन सक्छन् भन्ने विषयमा हामीले वरिष्ठ नशा तथा मानशिक रोग विशेषज्ञ डा. वासुदेव कार्कीसँग कुराकानी गरेका छौं । https://www.facebook.com/share/v/1UDaxWdtLj/
प्रदीप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरसिपको सदस्य नियुक्त
दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष प्रदीप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरसिपको सदस्य नियुक्त हुनुभएको छ । परियारको यो नियुक्तिले जात व्यवस्था, जातीय विभेद, बहिष्करण र सीमान्तीकरणविरुद्धको अभियानलाई अन्तर्राष्ट्रियस्तरमा थप सशक्त बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ। दुईवर्षे कार्यकालका लागि उनी काउन्सिल सदस्यका रूपमा सहभागी हुनुहुनेछ । विश्व आर्थिक मञ्चको नेटवर्क अफ ग्लोबल फ्युचर काउन्सिल्स ज्ञान उत्पादन गर्ने बहुसरोकारवाला तथा अन्तरविधागत सञ्जाल हो। यसले नवीनतम विषयहरूबारे अन्तरदृष्टि तयार गर्दै विश्वव्यापी चुनौतीहरूमाथि अध्ययन र अन्वेषण गर्दछ। दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स सामाजिक न्याय प्रवर्द्धन गर्ने…
अखिल क्रान्तिकारी निलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटिको छैटौं सम्मेलन सम्पन्न
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी निलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटिको छैटौं सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनबाट संगित तामाङको अध्यक्षतामा ३१ सदस्यिय कार्य समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा सरस्वति विश्वकर्मा, निरोज श्रेष्ठ, शिशिर श्रेष्ठ, सचिवमा दिपा श्रेष्ठ, सह सचिवमा प्रभाकर रिजाल,कृष्टिना नेपाली र कोषध्यक्षमा मिना श्रेष्ठ चयन भएका छन् । संगठनका अध्यक्ष ईश्वरी प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संगठनको केन्द्रिय कमिटि सचिवालय उद्धव रिजालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङका संयोजक मनराज भण्डारी (शैलेश), नीलकण्ठ नगरपालिकाको…
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य अमेरिकामा पक्राउ
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन्। अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइस) ले रास्वपाका सभापति रवि लामिछानेका विश्वासपात्र थापालाई एक साता अगाडि पक्राउ गरेको हो। नेपालबाट अमेरिका जाँदै गर्दा उनलाई पेन्सिल्भेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको हो। उनी अहिले फिलाडेल्फिया संघीय हिरासत केन्द्रमा रहेका छन्। रास्वपाका एक पदाधिकारीले पनि अमेरिकन इमिग्रेसनको हिरासतमा रहेको पार्टीलाई जानकारी प्राप्त भएको जानकारी गराए। उनका अनुसार पार्टीको वेबसाइटबाट पनि केन्द्रीय सदस्यको सूचीबाट थापाको नाम हटाइएको छ। रास्वपाका सदस्य थापाले अमेरिकाको बाल्टिमोरमा रवि लामिछानेका लागि धमाधम चन्दा उठाउने कार्य गरिरहेको भन्दै…
