ईदको अवसरमा सोमबार सार्वजनिक विदा

धादिङ, चैत्र-१७इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) को अवसरमा भोलि सोमबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।ईद पर्वमा सार्वजनिक बिदा दिने नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सोमबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

फेरि हार्‍यो हैदरावाद

धादिङ, चैत्र-१७ ईन्डियन प्रिमियर लिग (आईपीएल)मा आफ्नो तेस्रो खेलमा सन राईजर्स हैदरावादले दोस्रो हार बेहोरेको छ ।  भिषाखापटनममा आइतबार सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै देल्ली ४ अंकमा तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । आफ्नो पहिलो खेलमा देल्लीले लखनउ सुपर जाइन्ट्लाई एक विकेटले हराएको थियो । रोएल च्यालेन्जर्स बेंगलुरुसँग समान चार अंक भएपनि रनरेटमा पछि पर्दै देल्ली दोस्रो स्थानमा रहेको हो । तीन खेलमा २ अंकमात्र भएको हैदरावाद भने सातौं स्थानमा छ ।   हैदरावादले दिएको १६४ रनको लक्ष्य देल्लीले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । उसको जितमा…

‘म भागेको छैन र म भाग्दिन पनि’ : दुर्गा प्रसाईं

गत शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गरेको ’संयुक्त जनआन्दोलन समिति’ का ’जनकमान्डर’ दुर्गा प्रसाईंले आफू नभागेको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर उनले आफूलाई देख्ने बित्तिकै गोली हान्ने प्रधानमन्त्रीको निर्देशन भएकाले सुरक्षित बसेको बताएका हुन्।  प्रसाईंले भने, ‘म भागेको छैन र म भाग्दिन पनि । पुलिस प्रशासनले मलाई खोज्नु पर्दैन । मलाई गोन्जालोज बनाएर यो आन्दोलनलाई दबाउने कोसिस गरिएको छ । म सुरक्षित मात्रै बसेको हो । मलाई भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने सुनेपछि म सुरक्षित ठाउँमा बसेका छु । म नेपाल र नेपालीलाई…

निर्मल निवासले गर्यो महानगरको पत्र अस्वीकार

काठमाण्डौ महानगरपालिकाले पठाएको जरीवाना बारेको पत्र बुझ्न निर्मल निवासले अस्वीकार गरेको छ । शुक्रवार पूर्व राजा ज्ञानेन्द्र शाहको निर्देशनमा काठमाण्डौको तीनकुनेमा भएको राजावादी समूहको आन्दोलनका क्रममा विभिन्न ठाउँमा फोहोर र तोडफोडको मूल्याङ्कन गरी महानगरपालिकाले सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेर पत्र काटेको थियो । पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई गेटमा रोकेर त्यहाँबाट फिर्ता पठाइएको हो । निर्मल निवासले जरिवानाको पत्र नबुझेपछि काठमाण्डौ महानगरपालिकाले कानूनी प्रक्रियाबाट अगाडि बढ्ने जनाएको छ । पत्र हुलाकमार्फत पठाउने तयारी भइरहेको पनि महानगरले जनाएको छ ।