अखिल क्रान्तिकारीद्वारा बागबजारमा राँके जुलुस प्रदर्शन

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार साँझ बागबजारमा राँके जुलुस निकालेको छ ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको भन्दै अखिल क्रान्तिकारीले तत्काल पदमा फर्काउन माग गर्दै राँके जुलुस निकालेको हो ।

उनीहरूले राँके जुलुससँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाएका हुन् ।

प्रधानमन्त्री ओलीको पुत्ला जलाउन लाग्दा प्रहरीले विद्यार्थीहरूबाट मसाल खोसेको थियो ।

विद्यार्थीहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेपछि देशभर सरकार विरोधि आन्दोलन भइरहेको छ ।

Related posts

Leave a Comment