काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा चलायो डोजर

धादिङ,चैत्र-११,

काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काएको छ । महानगरले गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनालाई डोजर लगाएर भत्काएको हो ।

लामो समयदेखि गुठी संस्थानको जग्गामा टहरा हालेर बसेकाहरूलाई खाली गर्न सूचना दिँदा पनि अटेर गरेपछि डोजर लगाएर भत्काउनु परेको महानगरले जनाएको छ । 

सो स्थानमा बसेका नागरिकहरले भने कुनै सूचना नदिइ एक्कासी भत्काएको गुनासो गरेका छन् । महानगरले टहरभित्र रहेका सामान निकाल्न नदिइ डोजर लगाएपछि उनीहरू आक्रोशित भएका थिए । त्यसपछि महानगरले बाँकी रहेका टहरबाट तीनदिनभित्र सामान निकाल्न समय दिएको छ ।

Related posts

Leave a Comment