इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करण आजदेखि सुरु हुँदैछ। उद्घाटन खेल गत वर्षको विजेता कोलकाता नाइट राइडर्स (केकेआर) र रॉयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) बीच कोलकातास्थित इडन गार्डेन्स रंगशालामा हुनेछ।
खेल नेपालसमय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। आईपीएलको इतिहासमा हेड टु हेड रेकर्ड हेर्दा कोलकाता आरसीबीमाथि हावी देखिन्छ।
दुवैबीच अहिलेसम्म ३५ खेल हुँदा २१ खेलमा कोलकाताले जित निकालेको छ भने आरसीबीले १४ खेल मात्र आफ्नो पक्षमा पारेको छ। इडन गार्डेन्समै दुवै टोली १२ पटक आमनेसामने हुँदा केकेआरले ८ पटक जित्दा आरसीबीले ४ पटक मात्र जित्न सफल भएको छ।
