उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको बताउनु भएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य घिसिङले नभई भारत र निजी क्षेत्रले गरेको जिकिर गर्नुभयो । कार्यकारी निर्देशक घिसिङ उद्योगो लाइन काटेर घरमा विद्युत दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको मन्त्री खड्कको आरोप छ । उहाँले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गर्नुभयो। उहाँले अहिले पनि ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपुर्ति…
Day: March 19, 2025
बालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा मल्ल पक्राउ
बालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक गोरखा पालुङटार नगरपालिका–६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ललाई प्रहरीले पक्राउ गरेको छ । उक्त गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा शम्भु लालले आर्थिक लाभ लिई बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले सोमबार निजलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त गेष्ट हाउसबाट दुई जना बालिकाको उद्दार गरी सुरक्षित आवासका लागि सेल्टरहोममा पठाएको प्रहरीले जनाएको छ । मल्लमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन…
धादिङका ५ हजार ४७५ विद्यार्थीले एसईई दिँदै
भोली ७ गते बाट धादिङमा २४ वटा परीक्षा केन्द्रबाट १६२ विद्यालयका ५ हजार ४७५ विद्यार्थीहरूले यस वर्षको एसईई परीक्षा दिँदै छन् । ती मध्ये १३४ सामुदायिक विद्यालय, १८ संस्थागत विद्यालय, ८ प्राविधिक विद्यालय, र २ खुला विद्यालय रहेका छन् । परीक्षामा सामुदायिक विद्यालयबाट ५ हजार ९४ विद्यार्थी तथा संस्थागत विद्यालयबाट ३ सय ८१ विद्यार्थी सहभागी हुने छन् । जसमध्ये सक्सेस एकेडेमीमा अध्ययनरत एक दृष्टिविहीन विद्यार्थीले पनि परिक्षा दिदैछन् । उनलाइ अन्य विद्यार्थीहरू भन्दा अलग राखी विशेष व्यवस्था सहित अतिरिक्त समय प्रदान गरिने व्यवस्था मिलाएको शिक्षा विकास तथा समन्वय इकाइ धादिङका…
साहित्यकार सौगात रिजालका गजलहरु
एकोहोरो मायामा नहोउ तल्लिन घर बिग्रन्छ । अप्ठ्यारो पर्छ ,आगामी दिन घर बिग्रन्छ ।। तिमी पो एक्ली छौ अप्ठ्यारो क्यै नहोला । मेरो श्रीमती छिन् छोरी छिन् घर बिग्रन्छ।। आफ्नै श्रीमती लाई भान्छे र धोबि सम्झेर । श्रीमान बन्दा ज्यादा सौखिन घर बिग्रन्छ ।। छोरो विदेशमा छ बुहारीको निको चाला छैन । बाबू आइजो बुहारी अन्त जालिन घर बिग्रन्छ ।। बा भन्नुहुन्छ छोरा दुख पाउलास् पछुताउलास् । बुहारीलाई नदेखा “यत्तिका रिन घर बिग्रन्छ ।। बा हेर्नुस् त हजुरको हातमा ठेला खुट्टामा खत छ । हुनदेउ छोरा हामी किसानीको यहि त…
सूचना प्रविधिले नेपालको अर्थतन्त्र विकासमा पार्न सक्ने प्रभाव: सम्भावना र सरकारको दृष्टिकोण
नेपालको अर्थतन्त्र ऐतिहासिक रूपमा कृषि, पर्यटन र विदेशी रोजगारीमा निर्भर रहेको छ। युवा जनशक्ति, प्राकृतिक सम्पदा र सांस्कृतिक विविधताको धनी भए पनि व्यवस्थापनकोअभाव, उत्पादनशीलतामा कमी र बेरोजगारीको उच्च दरले गर्दा देशले सन्तुलित आर्थिक वृद्धि हासिल गर्न सकेको छैन। यस अवस्थामा, सूचना प्रविधि (IT) ले नेपालको आर्थिक परिवर्तनको नयाँ युग सुरु गर्न सक्ने सम्भावना देखिन्छ। विश्वव्यापी रूपमा डिजिटल अर्थतन्त्रको प्रभाव बढ्दै गएको बेलामा नेपालले आफ्नो युवा शक्ति, सस्तो र गुणस्तरीय मानव श्रम, र प्रविधिमा रहेको रुचिलाई पूँजी बनाउन सक्छ। यसै सन्दर्भमा, नेपाली कांग्रेसका नेता गगन थापाले हालै किर्तिपुरमा गरेको एक चुनावी…
