स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिदै गर्दा अखिल (क्रान्तिकारी) र अनेरास्ववियु विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति निकाल्यो

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिदै गर्दा अखिल (क्रान्तिकारी) र अनेरास्ववियु विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति निकालेको छ ।

धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा आशन्न चैत ५ गते हुने स्ववियु चुनावमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र एमाले निकट अनेरास्ववियुले गठबनधन गरे संगै बुधबार संयुक्त विज्ञप्ति निकालेको हो । अखिल (क्रान्तिकारी) र अनेरास्ववियु निलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटिका अध्यक्षहरु संगीत तामाङ (अखिल (क्रान्तिकारी)) र सम्झना शाक्य (अनेरास्ववियु)ले संयुक्त रुपमा हस्ताक्षर गरेर विज्ञप्ति निकालेको हो ।

नीलकण्ठ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लोकतान्त्रिक, स्वच्छ र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यका साथ अखिल (क्रान्तिकारी), अनेरास्ववियु र अन्य विचार मिल्ने विद्यार्थि संगठनहरु बिच आपसी समझदारी कायम गरिएको जानकारी गराउदै नीलकण्ठ बहुमुखी क्याम्पसमा विद्यार्थीहरूको हकहित, शैक्षिक सुधार र क्याम्पसको समुचित व्यवस्थापनमा साझा एजेन्डा निर्माण गर्दै अघि बढ्ने सहमति भएको जानाउदै विज्ञप्ति निकालेको हो ।

उक्त विज्ञप्तिमा संयुक्त उम्मेदवार चयन, स्ववियु निर्वाचन मर्यादित बनाउने निर्वाचन प्रचार–प्रसार शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने, विद्यार्थी हकहितमा संयुक्त पहल,निर्वाचनपछिको सहकार्य समन्वय गरी विद्यार्थी हकहितको साझा एजेन्डा अघि वढाउने, विद्यार्थी संगठनहरूबीच संवादलाई निरन्तरता दिँदै शैक्षिक सुधारका लागि पहल गर्ने जस्ता साझा उद्देश्यहरु उल्लेख गरिएको छ ।

Related posts

Leave a Comment