धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ खहरेमा अवस्थित नेत्रावती सामूदायिक बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) तर्फबाट अभिषेक थपलिया सभापतिमा निर्विरोध निर्वाचित हुनु भएको छ ।
अखिल (क्रान्तिकारी) ले सभापति सहित ३ सदस्य, नेवि संघले उप–सभापति, सचिव सहित १ सदस्य र अनेरास्ववियुले सचिव ,कोषाध्यक्ष सहित २ सदस्य लिने सहमति सँगै क्रान्तिकारीबाट अभिषेक थपलिया सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
त्यस्तै उप–सभापतिमा सुलोचना खड्का (नेवि संघ), सचिवमा विनोद गौली (अनेरास्ववियु), कोषाध्यक्षमा सबिना अधिकारी (अनेरास्ववियु) र सह–सचिवमा सरिता गुभाजु (नेवि संघ) चयन हुनु भएका छन् ।
त्यस्तै सदस्यहरूमा सबिना ढकाल (अनेरास्ववियु क्रान्तिकारी), मैना सिटौला (अनेरास्ववियु क्रान्तिकारी), आकृति सापकोटा (अनेरास्ववियु क्रान्तिकारी), अनिसा अधिकारी (अनेरास्ववियु), अस्मिता पाण्डे (अनेरास्ववियु), खिल कुमारी इटनी (नेवि संघ) चयन भएका छन् ।
नवगठित स्ववियुले विद्यार्थीको हक अधिकार, शैक्षिक गुणस्तर सुधार, क्याम्पसको भौतिक पूर्वाधार विकास तथा विद्यार्थीहरूको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
