नीलकण्ठ नगरपालिका भित्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण

धादिङको नीलकण्ठ नगरपालिका भित्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

नगरपालिकाको विभिन्न वडाहरुमा रहेको रामकोट माध्यमिक विद्यालय वडा नम्बर ८का दुई सय १४, चण्डेश्वरी माध्यमिक विद्यालय वडा नम्बर ९का दुई सय ९०, स्थानपति आधारभुत विद्यालय वडा नम्बर १०का ७६ जना र शंखदेवी माध्यमिक विद्यालय वडा नम्बर ११ का एक सय ७२ जना गरि जम्मा सात सय ५२ जना विद्यार्थीहरुलाई झोला, स्टेशनरी तथा सरसफाई सामग्री वितरण गरिएको हो ।

आईतबार Global co-opretion for development ले वितरण गरेको उक्त कार्यक्रममा सोही विद्यालयहरुको आयोजना रहेको थियो भने China foundation for rural devlopment को आर्थिक सहयोग रहेको थियो ।

कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथि तथा विशेष अतिथि हरुले शिक्षामा सुधार तथा शैक्षिक गुणस्तरियता कायम गर्नका लागि विद्यालयका विद्यार्थीहरुलाई सामग्रिहरु वितरण गरिएको जानकारी दिनुभयो ।

सम्पुर्ण विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जनवादी गणतन्त्र चीनका लागि निवर्तमान नेपाली राजदूत तथा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य विष्णु पुकार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो । साथै नगरपालिकाको अन्य वडाका विद्यालयहरुका वितरण कार्यक्रम बाकी नै रहेको नगर उप प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।

Related posts

Leave a Comment