नीलकण्ठ नगरपालिकाका विभिन्न विद्यालयमा ४३ लाख १४ हजार ९ सय ४१ मूल्य बराबरको शैक्षिक सामग्री वितरण

धादिङको नीलकण्ठ नगरपालिका भित्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख दिपक विश्वकर्माको विशेष पहलमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य विष्णु पुकार श्रेष्ठको साझेदार समन्वयमा आईतबार देखि नगरपालिकाको विभिन्न वडामा रहेको विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ ।

सोमबार वडा नम्बर ७ स्थित कर्णेश्वर माध्यमिक विद्यालयमा १ सय ५५ जना, वडा नम्बर ४ को गैरी गाउँ माध्यमिक विद्यालयमा १ सय ९४ जना सुनकन्या आधारभूत विद्यालय र वडा नम्बर ७ का ७१ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको नीलकण्ठ नगरपालिकाले जनाएको छ ।

आईतबार मात्र रामकोट माध्यमिक विद्यालय वडा नम्बर ८ का २ सय १४, चण्डेश्वरी माध्यमिक विद्यालय वडा नम्बर ९ मा २ सय ९०, स्थानपति आधारभुत विद्यालय वडा नम्बर १० मा ७६ जना र शंखदेवी माध्यमिक विद्यालय वडा नम्बर ११ का १ सय ७२ जना गरि जम्मा ७ सय ५२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । नगरपालिका भित्रका ७ वटा विद्यालयका ११ सय ७२ जना विद्यार्थीहरुलाई झोला, स्टेशनरी, विद्यालय पोषाक तथा सरसफाई सामाग्री वितरण गरिएको थियो ।

Global co–opretion for development, China foundation for rural development  र नीलकण्ठ नगरपालिकाको संयुक्त प्रयासमा ४३ लाख १४ हजार ९ सय ४१ मूल्य बराबरको शैक्षिक सामग्री वितरण गरिएको हो ।

शिक्षामा सुधार तथा शैक्षिक गुणस्तरियता कायम गर्नका लागि नगरपालिकाका अन्य वडाका विद्यालयहरुमा पनि आवश्यक पहल गरि वितरण गरिने नगर उपप्रमुख विश्वकर्माको भनाई छ ।

Related posts

Leave a Comment