मानशिक समस्या र समाधान

मानशिक समस्या एउटा जटिल समस्या हो। ती समस्याहरूको बेलैमा पहिचान गरी उचित परामर्श मिलेमा बिरामीलाई राहत मिल्न सक्छ। यी समस्याहरू के के हुन सक्छन् र यसका समाधानका उपायहरू के के हुन सक्छन् भन्ने विषयमा हामीले वरिष्ठ नशा तथा मानशिक रोग विशेषज्ञ डा. वासुदेव कार्कीसँग कुराकानी गरेका छौं । https://www.facebook.com/share/v/1UDaxWdtLj/

प्रदीप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरसिपको सदस्य नियुक्त

दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष प्रदीप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरसिपको सदस्य नियुक्त हुनुभएको छ । परियारको यो नियुक्तिले जात व्यवस्था, जातीय विभेद, बहिष्करण र सीमान्तीकरणविरुद्धको अभियानलाई अन्तर्राष्ट्रियस्तरमा थप सशक्त बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ। दुईवर्षे कार्यकालका लागि उनी काउन्सिल सदस्यका रूपमा सहभागी हुनुहुनेछ । विश्व आर्थिक मञ्चको नेटवर्क अफ ग्लोबल फ्युचर काउन्सिल्स ज्ञान उत्पादन गर्ने बहुसरोकारवाला तथा अन्तरविधागत सञ्जाल हो। यसले नवीनतम विषयहरूबारे अन्तरदृष्टि तयार गर्दै विश्वव्यापी चुनौतीहरूमाथि अध्ययन र अन्वेषण गर्दछ। दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स सामाजिक न्याय प्रवर्द्धन गर्ने…

अखिल क्रान्तिकारी निलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटिको छैटौं सम्मेलन सम्पन्न

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी निलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटिको छैटौं सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनबाट संगित तामाङको अध्यक्षतामा ३१ सदस्यिय कार्य समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा सरस्वति विश्वकर्मा, निरोज श्रेष्ठ, शिशिर श्रेष्ठ, सचिवमा दिपा श्रेष्ठ, सह सचिवमा प्रभाकर रिजाल,कृष्टिना नेपाली र कोषध्यक्षमा मिना श्रेष्ठ चयन भएका छन् । संगठनका अध्यक्ष ईश्वरी प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संगठनको केन्द्रिय कमिटि सचिवालय उद्धव रिजालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङका संयोजक मनराज भण्डारी (शैलेश), नीलकण्ठ नगरपालिकाको…