धादिङबेसीमा जारी प्रथम सुमन स्मृति कपको उपाधि मित्र युवा क्लवलाई

धादिङको सदरमुकाम धादिङबेसीमा जारी प्रथम सुमन स्मृति कपको उपाधि मित्र युवा क्लव (एमवाईसी) ले जितेको छ ।

धादिङ फुटबल क्लव (डिएफसी) लाई २–० गोलले पराजित गर्दै एम.वाई.सी. ले उपाधि जितेको हो । शुक्रबार भएको सेमीफाईनल खेलमा सेभेन हर्सलाई पराजित गर्दै एमवाईसी र पेनाल्टी सुटआउटमा शिवदल गणलाई पराजित गर्दै डिएफसी फाइलन प्रवेश गरेको थियो ।

शनिबार भएको फाइनल खेलमा खेल सुरु भएको केही मिनेटमै गोल गर्न सफल एमवाईसी ले दोश्रो हाफमा पनि फेरी गोल थप्दै उपाधि सुरक्षित गर्यो । सेमिफाइनल जितेर फाइनल प्रबेश गरेसंँगै डिएफसी र एमवाईसी बीचको फाइनल भीडन्त रोचक हुने आँकलन गरेका अधिकांश दर्शक एमवाईसी को सपोर्टमा देखिए । खेल सुरु हुनेबेलामा हल्का वर्षा भयो । दुुबै क्लवका खेलाडी मैदान चिप्लो भएका कारण अल्मलिएका थिए । त्यतिनै बेला एमवाईसी का खेलाडीले गोल हान्ने मौका पाए । तर, डिएफसी ले लय समाउन सकेन ।

उपाधि विजेता एमवाईसी क्लवका खेलाडीलाई एक लाख ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै उपविजेता डिएफसी लाई ७५ हजार र तृतिय हुने शिवदल गण र सेभेन हर्सका खेलाडीलाई २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक एमवाईसी का सञ्जय सापकोटा, उत्कृष्ट खेलाडी एमवाईसी का अनिल राना मगर, उत्कृष्ट गोल किप्पर एम.वाई.सी. का सफल खत्री, उच्च गोलकर्ता शिवदल गढका सरोज श्रेष्ठ र उदयमान खेलाडी डिएफसी का समिर गुरुङलाई नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

विजेतालाई प्रदान गरिएको पुरस्कार राशी धादिङ जिल्लामा आयोजित खेलकुद प्रतियोगिता मध्ये सबैभन्दा ठूलो धनराशीको रहेको आयोजक क्लव डिएफसी का अध्यक्ष गोपीकृष्ण भण्डारीले दावी गर्नुभयो ।

धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठको २०७९ सालमा अल्पायुमै अप्रत्याशित निधन भएको थियो । सुमनको सम्झना र सम्मानमा धादिङ फुटवल क्लवले प्रतियोगीताको आयोजना गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

Related posts

Leave a Comment