दक्षिण अफ्रिका आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह बीको अन्तिम खेलमा इंग्ल्याण्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूहविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । तीनवटै खेलमा पराजय व्यहोरेको इंग्ल्याण्डले कुनै पनि अंक नजोडी प्रतियोगिताको अन्त्य गरेको छ । इंग्ल्याण्ड अस्ट्रेलिया र अफगानिस्तानसँग यसअघ पराजित भएको थियो । इंग्ल्याण्डले दिएको १८० रनको लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । राशी भान डेर डुसेनले अविजित ७२ रन बनाउँदा हेनरिच क्लासेनले ६४ रन बनाए । इंग्ल्याण्डका जोफ्रा आर्चरले २ तथा आदिल राशिदले १ विकेट लिए…
Day: March 1, 2025
धादिङबेसीमा जारी प्रथम सुमन स्मृति कपको उपाधि मित्र युवा क्लवलाई
धादिङको सदरमुकाम धादिङबेसीमा जारी प्रथम सुमन स्मृति कपको उपाधि मित्र युवा क्लव (एमवाईसी) ले जितेको छ । धादिङ फुटबल क्लव (डिएफसी) लाई २–० गोलले पराजित गर्दै एम.वाई.सी. ले उपाधि जितेको हो । शुक्रबार भएको सेमीफाईनल खेलमा सेभेन हर्सलाई पराजित गर्दै एमवाईसी र पेनाल्टी सुटआउटमा शिवदल गणलाई पराजित गर्दै डिएफसी फाइलन प्रवेश गरेको थियो । शनिबार भएको फाइनल खेलमा खेल सुरु भएको केही मिनेटमै गोल गर्न सफल एमवाईसी ले दोश्रो हाफमा पनि फेरी गोल थप्दै उपाधि सुरक्षित गर्यो । सेमिफाइनल जितेर फाइनल प्रबेश गरेसंँगै डिएफसी र एमवाईसी बीचको फाइनल भीडन्त रोचक…
नेपाल विद्युत् प्राधिकरणले आज बिजुली कटौती गर्ने
नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौको सतुङ्गल लगायतका क्षेत्रमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोकलगायतका क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धिलगायतका कार्यका लागि बिजुली कटौती हुने जनाएको हो । आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ती ठाउँमा बिजुली काटिने भएको हो । यस्तै मूलपानी सबस्टेशन निर्माण आयोजनाले पनि आज बेलुकीसम्म नै बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क , जोरपाटी, बालाजु र कुलेश्वर वितरण केन्द्रलगायतका क्षेत्रमा बिजुली प्रवाह रोकिने जनाएको छ । निर्माणाधीन सबस्टेशनमा प्राविधिक कामका लागि ती…
जेलेन्स्की र ट्रम्पबीच मतभेद
महत्त्वपूर्ण खनिज सम्झौताका लागि अमेरिका भ्रमणका रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मतभेद भएको छ । ह्वाइटहाउसमा भइरहेको भेटवार्ताका क्रममा समकक्षी ट्रम्पसँग तिक्तता बढेपछि जेलेन्स्की बाहिर निस्किएका बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आफूमाथि अपमानजनक व्यवहार गरेकाे जेलन्स्कीले आरोप लगाउनुभएको छ । ट्रम्पलाई युक्रेनको खनिज उद्योगमा अमेरिकी सहभागिताको सम्झौतामाथि हस्ताक्षर हुने विश्वास थियो । तर अमेरिकाले रुसलाई समर्थन गरेकोबारे असन्तुष्टि जनाउँदै जेलेन्स्कीले ट्रम्पका विभिन्न प्रस्तावलाई अस्वीकार गर्नुभएको खबरमा उल्लेख छ । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्ति सम्झौता र अरू विभिन्न सम्झौताको पक्षमा रहेको भन्दै रुसको समर्थन…
