बागमती प्रदेश अधिवेशनमा निर्वाचित टिमलाई प्रेस सेन्टर नेपाल धादिङद्धारा बधाई ज्ञापन

प्रेस सेन्टर नेपाल धादिङद्धारा बागमती प्रदेशको पाँचौँ अधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित धादिङका राजन अधिकारी र गिता अधिकारीलाई बधाई तथा सम्मान गरिएको छ । शनिबार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती धादिङको आयोजनामा एक भव्य कार्यक्रमको आयोजना गरि प्रेस सेन्टर नेपालको बागमती प्रदेशको पाँचौ अधिवेशनबाट उपाध्यक्षमा सर्वसम्मत निर्वाचित राजन अधिकारी र कार्यसमिती सदस्यमा सर्वसम्मत निर्वाचित गिता अधिकारीलाई बधाई तथा शुभकामना दिदै सम्मानपत्रले सम्मान समेत गरेको हो । प्रेस सेन्टर नेपाल धादिङका अध्यक्ष एवम् सामुदायिक रेडियो रेडियो बिहानीका स्टेशन म्यानेजर निर बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य…

न्यु किबो बोर्डिङ स्कुलले अभिभावक परामर्श तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो

धादिङ -धादिङको न्यु किबो बोर्डिङ स्कुलद्धारा अभिभावक परामर्श तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार विद्यालयको वार्षिक अभिभावक दिवसको अवसरमा धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि विद्यालयमा अध्ययनरत विद्यार्थी बालबालिकाहरुको अभिभावकहरुको लागि अभिभावक परामर्श तथा प्रशिक्षण कार्यक्रम गरेको हो । विद्यालयले चर्चित मोटिभेशनल स्पिकर वि. के. शर्माद्धारा अभिभावकहरु कसरी जिम्मेवारी बन्ने भन्ने विषयमा केन्द्रित रहेर प्रशिक्षण गराएको थियो । अभिभावकहरुले आफ्नो बालबालिकाहरुलाई दण्ड सजाय र आफ्नो रुष्ट बोली व्यवहारबाट नभई उनिहरुलाई मायाले सम्झाएर उनिहरुको खराब प्रवृत्तिलाई हटाउनुपर्ने शर्माले बताउनुभयो । उहाँले विद्यार्थीहरुले पढाईमा ध्यान लगाएन भन्दै विद्यालय फेर्ने गल्ती नगर्न…

आज अस्ट्रेलिया र ईङ्ल्यान्ड भिड्दै

च्याम्पियन्स् ट्रफि अन्तर्गत समुह बि को अस्ट्रेलिया र ईङ्ल्यान्ड बिचको खेल आज नेपालि समय अनुसार अपरान्ह २ः४५ बजे हुँदै छ । उक्त खेल पाकिस्तानको लाहोरमा हुनेछ । यस अघिको खेलमा क्रमश न्युजिल्यान्ड, भारत र दक्षिण अफ्रिका बिजयी भएका छन् । फइनल खेल फागुन २५ गते हुनेछ ।

दक्षिण अफ्रिकासँग हार्यो अफगानिस्तान

च्याम्पियन्स ट्रफीको तेस्रो खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले पराजित गरेको छ। शुक्रबार कराँचीको राष्ट्रिय रंगशालामा दक्षिण अफ्रिकाले ब्याटिङ गर्ने निर्णय गरेको थियो। टोलीले ६ विकेट गुमाएर ३१५ रन बनाएको थियो। जवाफमा अफगानिस्तान ४३.३ ओभरमा २०८ रनमै अलआउट भयो। दक्षिण अफ्रिकाका रायन रिकेलटनले शतक प्रहार गरे। उनी खेलको उत्कृष्ट खेलाडी पनि भए। एडेन मार्करामले ५२, टेम्बा बाभुमाले ५८ र रस्सी भान डेर डुसेनले ५२ रन बनाए। कागिसो रबाडाले ३ र लुंगी न्गिडीले २ विकेट लिए।  अफगानिस्तानका रहमत शाहले ९० रन बनाए। मोहम्मद नाबीले २ विकेट लिए।