अवैध लागूऔषध अफिमसहित एक जना पक्राउ

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरा चोकमा अवैध लागूऔषध अफिमसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–२ बैकुण्ठका ४५ वर्षीय भीमलाल मोक्तान छन् । उनलाई इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।

सिमराका डीएसपी शुभद्रा वाइबाले मोक्तनबाट ३ किलो ४४ ग्राम अफिम बरामद भएको बताउनु भयो।

‘वीरगञ्ज पथलैया खडकखण्डको फुटपाथबाट अफिमसहित उनलाई पक्राउ गरिएको हो । लागूऔषधको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाउाछौं’ वाइबाले भन्नुभयो।

खैरो रङको झोलामा अफिम बोकेर हिँड्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

Related posts

Leave a Comment