अस्ट्रेलियामा भीषण बाढी

अस्ट्रेलियामा बाढीका कारण हजारौं जनाले घर छाडेर भागेका छन् । उत्तरी क्वीन्सल्यान्डमा भीषण वर्षाका कारण बाढी आएपछि एक जना महिलाको ज्यान गएको र हजारौं जना घरबार छाडेर भाग्न बाध्य भएका बीबीसीले जनाएको छ । अधिकारीहरूले बाढीको पानी घरको दोस्रो तलासम्म पुग्नसक्ने चेतावनी पनि दिएका छन् । गएको २४ घण्टामा उत्तरी क्वीन्सल्यान्डका केही भागहरूमा ७ सय मिलिमिटरभन्दा धेरै वर्षा भएको र भोलिसम्म वर्षा भइरहने स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । मौसमविद्हरूले क्वीन्सल्यान्ड क्षेत्रमा ६० वर्षयताकै सबैभन्दा ठूलो बाढी आउने सक्ने चेतावनी दिएका छन् । टाउन्सभिल शहरमा बसोवास गर्ने हजारौं…

अवैध लागूऔषध अफिमसहित एक जना पक्राउ

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरा चोकमा अवैध लागूऔषध अफिमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–२ बैकुण्ठका ४५ वर्षीय भीमलाल मोक्तान छन् । उनलाई इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो । सिमराका डीएसपी शुभद्रा वाइबाले मोक्तनबाट ३ किलो ४४ ग्राम अफिम बरामद भएको बताउनु भयो। ‘वीरगञ्ज पथलैया खडकखण्डको फुटपाथबाट अफिमसहित उनलाई पक्राउ गरिएको हो । लागूऔषधको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाउाछौं’ वाइबाले भन्नुभयो। खैरो रङको झोलामा अफिम बोकेर हिँड्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

गण्डकीलाई हराउँदै पुलिसले जित्यो ‘टाइगर कप’ उपाधि

काठमाण्डाै – गण्डकी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लबले टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल क्लब च्याम्पियनशिपको पुरुषतर्फ उपाधि जितेको छ । पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको फाइनलमा पुलिसले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हरायाे । पुलिसले पहिलो सेट २५–२३, दोस्रो सेट २५–२१ र चौथो सेट २५–२२ ले जित्यो । गण्डकीले तेस्रो सेट २५–२० ले जित्यो । विजेता बनेकाे नेपाल पुलिस क्लबले उपाधिसँगै पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ र  उपविजेता बनेकाे गण्डकीले दुई लाख ८५ हजार पाँच सय ५५ प्राप्त गरेकाे छ ।