धादिङमा आगलागी नियन्त्रण सम्बन्धी कृतिम घटना अभ्यास कार्यक्रम गरिएको छ । मंगलबार सशस्त्र प्रहरी बल आश्रित गुल्म धादिङबेसीको आयोजनामा वडा नम्बर ९ सल्लाघारी वनमा आगलागी नियन्त्रण सम्बन्धी कृतिम घटना अभ्यास गरिएको हो । डढेलो नियन्त्रण गर्दा कसरी सुरक्षित अपनाउने भन्ने बारेमा जानकारी गराउने उद्धेश्यले आगलागी नियन्त्रण सम्बन्धी कृतिम घटना अभ्यास गरिएको विष्णु प्रसाद आचार्यले बताउनुभयो । डढेलो नियन्त्रणमा सबैजना एकजुट भएर लाग्नुपर्ने र त्यसको लागि डिभिजन वन कार्यलयले प्राविधिक सहयोग गर्ने पनि आचार्यले बताउनुभयो । यस्तै नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले मानिसहरुले घासको लोभले जानाजान वन जंगलमा आगो लगाउने…
Category: स्वास्थ्य
सल्यानटारमा तरकारी बोकेको गाडी दुर्घटना
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ खोल्सीमा तरकारी बोकेको गाडी दुर्घटनामा परेको छ । धादिङबेशीबाट सल्यानटारतर्फ जादै गरेको बा २१ च ३५२६ नम्बरको तरकारी लोड भएको (हाति)गाडी आफै अनियन्त्रित भई सडकबाट तल खसेको हो । धादिङ निलकण्ठ नीलकण्ठ नगरपालिका–८ बस्दै आएका मेक मदिन मियाँ घाईते भएका छन् । उनलार्ई उपचारको लागि सल्यानटारतर्फ पठाईएको छ । खोल्सी चोकस्थित भित्री सडक खण्डबाट खसेको गाडी रुखमा अडिएको छ । घाईतेको बायाँ कानमा चोट लागेको छ । अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय सल्यानटारले जनाएको छ ।
धादिङमा विविध कार्यक्रम गरी मनाईदै जनयुद्ध दिवस
धादिङ धादिङमा ३० औं महान् जनयुद्ध दिवस विविध कार्यक्रम गरी मनाईने भएको छ । उक्त दिवसको अवसरमा फागुन १ गते विहिबार बिहान नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर समितिको आयोजनामा जिल्ला अस्पताल धादिङमा रहेका विरामीहरुलाई फलफूल वितरण र सोही समिति द्धारा रक्तदान कार्यक्रम गरिने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङका कार्यालय सचिव हरि कृष्ण लम्सालले जानकारी दिनुभयो । सोही दिन दिउँसो नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङको आयोजनामा “जनयुद्ध र समाजवाद उन्मुख संविधान” विषयमा अन्तर्क्रिया कार्यक्रम गरिने र सोही दिन साँझ योङ कम्युनिष्ट लिग (थ्ऋी) जिल्ला समन्वय समिति धादिङ…
सिद्धालेक गाउँपालिकामा एच.पि.भि खोप अभियानको पूर्व तयारीको गोष्ठी सम्पन्न
सिद्धालेक गाउँपालिकामा पाठेघर क्यान्सर विरुद्धको एच.पि.भि (ह्युमन पापिलोमा भाइरस) खोप सम्बन्धी अन्तरक्रिया तथा खोप अभियानको पूर्व तयारीको लागि गोष्ठी सम्पन्न भएको छ । मंगलबार सिद्धलेक गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा “एचपिभि खोप अभियान २०८१” अन्तर्गत पालिका स्तरीय खोप समन्वय समिति र अन्य सरोकारवालाहरूका लागि अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो । बैठकले माघ २२ देखि २६ गतेसम्म कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई एच.पि.भि खोप लगाईने निर्णय गरिएको छ । उक्त खोप अभियानलाई सम्पूर्ण तहबाट साथ र सहयोगको…
