धादिङ,चैत्र-१५ राजावादीको आन्दोलन हिंस्रक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालय कर्फ्यु आदेश जारी गरेको छ । अहिले ४ बजेर २५ मिनेटमा जारी भएको कर्फ्यु राति १० बजेसम्म लागू हुनेछ । सीडीओ ऋतिराम तिवारीले पुरानो बानेश्वरदेखि नयाँ बानेश्वर, शंखमूल, गौशाला, कोटेश्वर, जडीबुटी चोकसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन् ।
Category: समाज
समाज
दुर्गा प्रसाईं सम्पर्कविहीन
धादिङ,चैत्र-१५ दुर्गा प्रसाईं सम्पर्कविहीन भएका छन्। उनलाई पक्राउ गर्न भक्तपुरस्थित घरमा खोजी गर्दा प्रहरीले फेला पार्न सकेन। उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली उनको खोजीमा जुटिरहेको छ। प्रहरी अधिकारीहरूका अनुसार प्रसाईंको खोजी तीव्र बनाइएको छ। उनको नेतृत्वमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीहरूले तीनकुनेमा अराजकता मच्चाएका थिए।
तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बन्दुक खोसे
धादिङ,चैत्र-१५ काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी भएको छ । आगो निभाउन पुगेको दमकलमाथि समेत प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । अहिले पनि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले तीनकुनेको स्थिति नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दु गणतन्त्रको निम्ति जोडबल गरे: पूर्वमन्त्री सुदन किराती
धादिङ, चैत्र-१४ नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दु गणतन्त्रको निम्ति जोडबल गरिराखेको टिप्पणी गर्नुभएको छ । आज (बिहीबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रधानमन्त्री ओलीको विगत र वर्तमानको गतिविधिले उनी हिन्दु गणतन्त्रको पक्षमा रहेको पुष्टि गर्ने बताउनु भएको हो। प्रधानमन्त्री ओली, उनको दल एमाले र नेपाली कांग्रेसको पछिल्ला गतिविधिले राजतन्त्रवादीको अराजकतामा मलजल गरिरहेको नेता किरातीको दाबी छ । प्रधानमन्त्री ओलीले अझ सडकमा अराजकता बढोस् भन्ने चाहना राखेको पनि उहाँको आशंका छ । ‘उहाँ (ओली) हिन्दु गणतन्त्रको पक्षमा जानको निम्ति…
संयुक्त जनआन्दोलन समितिको कमाण्डर दुर्गा प्रसाई
धादिङ, चैत्र-१४ राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईलाई दिईएको छ। समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै संवैधानिक राजसंस्थाको पुनस्र्थापनाका लागि निरन्तर आन्दोलन गर्ने जनाएको छ । समितिले संवैधानिक राजसंस्थाको पुनस्र्थापना,सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि निरन्तर आन्दोलन गर्ने जनाएको हो । चैत्र १५ गते काठमाडौंमा प्रदर्शन गरेपछि चैत्र १७ गतदेखि आन्दोलनका थप कार्यक्रमलाई अघि बढाइने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जनकारी दिनुभयो। उहाँले २०४७ को संविधानलाई आधार मानेर ७२ को संविधानका सकारात्मक प्रावधानलाई समेट्दै प्रमुख राजनीतिक पक्षहरूबीच सहमतिको बाटो बनोस…
खुकरी प्रहार गरी हत्या
धादिङ, चैत्र-१४ हेटौँडामा आफ्नै देवरले भाउजुको खुकरी प्रहार गरी हत्या गरेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोलमा २२ वर्षीय राहुल दासले बुधबार आफ्नै जेठी भाउजुको खुकरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाका अनुसार राहुलले ३५ वर्षीया भाउजु गुडिया दासलाई बुधबार दिउँसो खुकुरी प्रहार गरी हत्या गरेका हुन् । यस्तै राहुलको आक्रमणबाट माइला दाजु रुपेश दास घाइते भएका छन् । गम्भिर अवस्थाका रुपेशको हेटौँडास्थित मकवानपुर सहकारीमा उपचार भइरहेको छ । उनको टाउको, ढाड र शरिरका विभिन्न भागमा चोट…
संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै
धादिङ, चैत्र-१४ संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ् । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि बुधबारको प्रतिनिधि सभा बैठक आज बिहान ११ बस्ने गरी स्थगित गरिएको हो । विपक्षीको अवरोधकै कारण राष्ट्रिय सभाको बैठक पनि आज मध्यान्ह सवा १२ बजेका लागि आब्हान गरिएको छ । कुलमानलाई बर्खास्त गरेको बारेमा प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद चल्न नदिने प्रतिपक्षको अडान छ । आज प्रतिनिधिसभाको बैठकमा प्रश्नोत्तरको कार्यक्रम रहेको छ । अर्थ मन्त्रालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति,…
विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु
धादिङ, चैत्र १३ गुल्मीको पल्लाटारमा बाँदर धपाउन राखेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका–७, पल्लाटार निवासी ६० वर्षीया चन्द्रकला कुमालको विद्युतीय पासोमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। जंगली जनावरबाट अन्नबाली जोगाउन आफ्नै बारीमा थापेको विद्युतको तारबाट करेन्ट लागेर कुमाल गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
बुधबार साँझ ५.५ म्याग्निच्युडको भूकम्प गयो
धादिङ, चैत्र-१३चीनको तिब्बत क्षेत्रमा बुधबार साँझ ५.५ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार, नेपाली समयअनुसार साँझ ६ः२७ बजे भूकम्प आएको हो। यो भूकम्प सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीलाई केन्द्र बनाएर आएको थियो, जुन नेपालको उत्तरपूर्वी सीमानजिकै रहेको छ। भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो।
अर्घाखाँचीमा बस दुर्घटना हुँदा चारजनाको ज्यान गयो
धादिङ, चैत्र-१३ अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ। दुर्घटनामा तीन महिला र एक पुरुषको मृत्यु भएको हो। मृत्यु हुने चरै जनाको पहिचान भएको छ । मृत्यु हुनेहरूमा बुटवल उपमहानगरपालिका–८ की ५५ वर्षीया जमुना वस्याल, नवलपरासी पश्चिम भुमहीकी ४५ वर्षीया उमा न्यौपाने, न्यौपानेकी ६५ वर्षीया सासु आमा (नाम नखुलेको) र पश्चिम बर्दघाटका ५० वर्षीय बस चालक मदन कुमार विक रहेका छन्। शितगंगा नगरपालिका–२, भुवनपाटामा मंगलबार भएको दुर्घटनामा २७ जना घाइते भएका थिए। इलाका प्रहरी कार्यालय ठाडाका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। दुर्घटनामा परेको लु २ ख…
