धादिङ, वैशाख– १७ नेपाल शिक्षक महासंघका प्रतिनिधि मण्डल र सरकारबीच सिंहदरबारमा वार्ता जारी छ । वार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भइरहेको हो । महासंघले अघि सारेको ९ बुँदे प्रस्तावमा सहमति जुटाउने प्रयासस्वरूप छलफल भइरहेकाले आजै सहमति हुन सक्ने सम्भावना रहेको जनाइएको छ । शिक्षक महासंघका नेताहरूका अनुसार हिजो रातिको वार्ता सकारात्मक भएको थियो र त्यसैलाई आधार बनाएर आजको वार्तामा निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।
Category: Trends
रूस–युक्रेन युद्ध अन्त्य गर्न ठोस प्रस्ताव नआए अमेरिका मध्यस्थता प्रक्रियाबाट पछि हट्ने चेतावनी
धादिङ, वैशाख– १७ अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रूस–युक्रेन युद्ध अन्त्य गर्न ठोस प्रस्ताव नआए अमेरिका मध्यस्थता प्रक्रियाबाट पछि हट्ने चेतावनी दिनु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति वार्ता प्राथमिकतामा राखे पनि प्रगति नदेखिएको भन्दै धैर्य सकिँदै गएको संकेत गर्नु भएको छ । ट्रम्पले पुटिन शान्ति चाहन्छन् भन्ने संकेत दिए पनि रुसले तीन दिने युद्धविराम मात्रै प्रस्ताव गरेको छ, भने युक्रेन–समर्थित ३० दिनको युद्धविराम अस्वीकार गरेको छ । अमेरिका भने दीर्घकालीन र स्थायी शान्ति चाहन्छ । कूटनीतिक दबाबस्वरूप अमेरिकाले तयार पारेको प्रारूप युक्रेनका लागि अस्वीकार्य लाग्न सक्छ । ट्रम्पले…
प्रचण्ड पार्टीको मधेश जागरण अभियानका क्रममा कञ्चनपुरमा
धादिङ, वैशाख– १७ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको मधेश जागरण अभियानका क्रममा कञ्चनपुर पुग्नुभएको छ । त्यसक्रममा उहाँले जिल्लाको पुनर्वास नगरपालिका–५ स्थित शोभा ताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट गर्नूभएको छ । कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको क्रममा अमूल्य बलिदान दिने ३८ जना सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको परिवारप्रति सम्मान व्यक्त गर्नुभयो। भेटघाट कार्यक्रममा सहिद परिवारका सदस्यहरूसँग आत्मीय संवाद गर्दै उहाँले जनयुद्धको योगदान र सहिदहरूको बलिदानलाई संस्थागत रूपमा स्मरण गर्नुका साथै सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता पनि दोहोर्याउनु भयो । त्यसअघि आजै बिहान पुनर्वासमा जनयुद्धका…
नाउपाका संरक्षक रेशम चौधरी पक्राउ
धादिङ, वैशाख– १७ नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ पर्नु भएको छ । जनमत पार्टीसँग एकता घोषणा गर्न लागिएको कार्यक्रम स्थलबाटै उहाँलाई प्रहरीले पक्राउ गरेको नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जानकारि दिनुभयो। चौधरी पाक्राउ पर्नुको स्पष्ट कारण खुलेको छैन। तर जनमत अध्यक्ष डा. सिके राउतका अनुसार उहाँलाई पुरानो फैसला कार्यान्वयनका लागि भन्दै प्रहरीले पक्राउ गरेकोहो। टिकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ मा रिहा हुनुभएको थियो। राउतले डिल्ली बजार जेल पठाएको खबरसमेत प्राप्त भएको सामाजिक संजालमार्फत उल्लेख गर्नुभएको छ। आज नै राउत नेतृत्वको…
चुरोटको मूल्य तिन गुणा बढाऔं— स्वास्थ्य मन्त्री पौडेल
धादिङ, वैशाख—१६स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रतिखिल्ली १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ पुर्याउन प्रस्ताव गर्नुभएको छ । साथै प्रति बोतल एक हजार रुपैयाँ मूल्य रहेको रक्सीलाई तीन हजार पुर्याउन पनि उहाँले प्रस्ताव गर्नूभएको छ। नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल मध्यपुर थिमीको सोमबार भक्तपुरमा भएको १७औं स्थापना दिवस समारोह तथा ब्लड बैंक शुभारम्भ गर्दै मन्त्री पौडेलले यसरी प्राप्त भएको रकममध्ये केहीलाई स्वास्थ्य बिमामा पठाउन सकिने बताउनुभयो । यसो भयो भने मात्रै स्वास्थ्य बिमाले जीवन्तता पाउने नत्र स्वास्थ्य बिमा नै खारेज गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाई छ । उहाँले स्वास्थ्य…
बोहरालाई हेलिकोप्टरबाट उद्धार
धादिङ, वैशाख—१६ सिमकोट गाउँपालिका-२ की १६ वर्षीया पुष्पा बोहरालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। आइतबार एक्कासि उच्च रक्तश्रावको समस्या देखिएपछि ठेहे स्वास्थ्य चौकीबाट जिल्ला अस्पतालमा रेफर गरिएको हो। बेथा लागेर उच्च रक्तश्राव भएकी किशोरीको पेटभित्रको बच्चा उल्टो भएपछि जिल्ला बाहिर रेफर गरिएको जिल्ला अस्पताल हुम्लाका डाक्टर उमाकान्त तिवारीले बताउनुभयो। न्यूनतम् ३७ हप्तादेखि ४० हप्ताभित्र हुनुपर्ने हो तर २८ हप्तामै बेथा लागेको बताउनुभयो। ‘चेकजाँच गर्दा बच्चाको मुटुको धड्कन ठीक थियो। हुम्लामै अप्रेसन गर्न पनि सकिन्थ्यो। तर जिल्ला अस्पतालमा एनआईसीयु नुहुँदा हेलिकोप्टरबाट उद्धार गरिएको हो’, डाक्टर तिवारीले भन्नुभयो।
वाइसियल धादिको तेस्रो नीलकण्ठ नगर सम्मेलन सम्पन्न
धादिङ १५ बैशाखनेकपा माओवादी केन्द्र निकट सङ्गठन योङ कम्युनिस्ट लिग धादिको तेस्रो नीलकण्ठ नगर सम्मेलन सम्पन्न भएको छ । कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनमा वाईसिएल बागमती प्रदेश इन्चार्ज ललित श्रेष्ठ (अभियान)को प्रमुख आतिथ्यता रहेको थियो भने संविधान सभा सदस्य एवम् नेकपा माओवादी केन्द्र धादिङका इन्चार्ज पुष्प विक्रम मल्ल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राम बहादुर भण्डारीको विशेष आतिथ्यता रहेको थियो । त्यसै गरी नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सह सचिव दल बहादुर बुर्लाकोटी (विजय), पार्टीको जिल्ला संयोजक मनराज भण्डारी (शैलेस), बागमती प्रदेश सचिवालय सदस्य एवम् नीलकण्ठ नगरपालिका उपप्रमुख…
अनेरास्ववियु अखिल क्रान्तिकारी जिल्ला समन्वय समिति धादिङको क्यालेन्डर विमोचन
धादिङ १३ बैशाख अनेरास्ववियु अखिल क्रान्तिकारी जिल्ला समन्वय समिति धादिङको भित्ते पात्रो विमोचन तथा स्ववियु विजेताहरूलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गर्दै नव वर्ष २०८२ सालको भित्ते पात्रो विमोचन गर्नुका साथै स्ववियु निर्वाचनमा विजेता भएका धादिङका विभिन्न क्याम्पसको पदाधिकारीहरुलाई सम्मान गरेको हो । अखिल क्रान्तिकारी धादिङ जिल्ला अध्यक्ष श्रीकृष्ण रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अखिल क्रान्तिकारी अध्यक्ष विजय प्रसाद सापकोटा प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरी अखिल क्रान्तिकारी बागमती प्रदेश अध्यक्ष अर्जुन पौडेल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकारका निवर्तमान…
आन्दोलनरत शिक्षकहरु नेपाली कांग्रेससँग वार्तामा
आन्दोलनरत शिक्षकहरु नेपाली कांग्रेससँग वार्ता गर्न पुगेका छन्। आज बिहान सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीचको वार्ता निष्कर्षबिहीन बनेपछि शिक्षकहरु नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका हुन्। कांग्रेसका अन्य नेताहरुसमेत रहेको उक्त छलफलमा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा शिक्षकहरू पुगेका थिए। सुवेदी कांग्रेसनिकट नेपाल शिक्षक संघबाट टिकट पाएर नेपाल शिक्षक महासंघमा निर्वाचित हुनुभएको हो । विद्यालय शिक्षा ऐनसहित विभिन्न माग राखेर लामो समय आन्दोलित बनेको सहमतिको वातावरण बनाउन सभापति शेरबहादुर देउवाले यसअघि नै महामन्त्रीद्वय थापा र शर्मालाई जिम्मेवारि दिनुभएको थियो । महासंघका प्रतिनिधिहरुले यस…
१० लाख रुपैयाँ मूल्यको औषधि बरामद
धादिङ, वैशाख– १२ वीरगन्जबाट सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ मूल्यको औषधि बरामद गरेको छ। भारतबाट अटोमा अवैध रुपमा ल्याउँदै गरिएको ४८० डब्बा न्युट्रिक्योर क्याप्सुल वीरगन्ज महानगरपालिका-२४ रामगढवास्थित सडकबाट बरामद गरेको हो। औषधिसहित ना २ स १०१७ नम्बरको अटोको चालक वीरगन्ज–२५ सिर्सियाका ३६ वर्षीय अमृत साह कानुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले बताउनुभयो । साथै औषधि तस्करी गर्ने कार्यमा संलग्न भारतीय नम्बर प्लेटका २ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको सिंहले बताउनुभयो । बरामद औषधिको ९ लाख ६० हजार तथा अटो र मोटरसाइकलको ६ लाख गरेर कूल…
